काठमाडाैँ। अहिले विश्वभर विश्वकपको राैनक छाएकाे छ । अाम नागरिकदेखि सेलिब्रिटीहरु सबैले अाफूलार्इ मन पर्ने टिमलार्इ समर्थन गरीरहेका छन् ।
यहि अवसरमा नेपाली नायिका पूजा शर्माले अाफूलार्इ अर्जेन्टिनाका फुटबल खेलाडी मेसीसंग दाँजेकी छिन् । उनले स्टाटस मार्फत लेखेकी छिन् की ‘मेसी र म एउटै हाैँ ।’
यो वर्ष उनको अभिनय र निर्माण रहेको ‘रामकाहनी’ भदौ २२ गते प्रदर्शनमा अाउँदै छ । बुझिए अनुसार सोही मितिमा ‘सुश्री सम्पत्ति’ र ‘रोजी’ आउने भएको छ । रोचक कुरा त के छ भने रोजीमा नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको छ ।
यसअनुसार उनले व्यङग्यात्मक तरिकाले फेसबुकमा स्टाटस लेखेकाे हुनसक्ने बुझिएकाे छ । उनले स्टाटसमा लेखेकी छिन् -‘मेस्सी र म उस्तै हौं । जब म खेल्न खोज्छु, धेरै परिस्थितिहरुले घेर्छन् । रामकहानीलाई पनि धेरै फिल्महरुले पछाडि तान्न खोजिरहेका छन्..ठिक छ, याे फुटबलमा मेसीकाे जस्तै अवस्था हाे ।’ उनी अगाडी थप्छिन्-‘मेसीलाई घृणा गर्ने धेरै छन् तर केही कुराले उनलाई डाउन पार्न सकिन्न । किनभने उनीलाई माया गर्ने फ्यान र शुभचिन्तक धेरै छन् ।
उनी लेख्छिन् : ‘म पनि एक खेलाडी हो जोसँग फ्यानको माया र साथ छ । मैले चलचित्र बनाएको प्रतिस्प्रर्धाको लागी होइन मलाई माया गर्ने फ्यान र शुभचिन्तकको लागी बनाएको हो । जय रामकाहनी , भदौ २२ ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।