काठमाडौँ । लोकगीतका लोकप्रिय सर्जक रविन लामिछानेको उत्कृष्ट सिर्जना रहेको ‘किचकिचे घरबेटी’ बोलको गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय काठमाडौँमा डेरा गरी बस्नेहरुले भोगेका दुख र पीडालाई समेटेर तयार पारिएका गीतका सम्पूर्ण पक्ष निकै सबल रहेका छन् ।
घर भाडामा बस्ने र घरबेटीबीचको सम्बन्ध र व्यवहार अनि समस्यालाई गीतमा व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको यस गीतको भिडियोलाई सामाजिक सञ्जाल यूट्युवमा २४ घण्टा नबित्दै अर्थात यो समाचार तयार पार्दासम्म ६८ हजार ७ सय ६३ जनाले हेरिसकेका छन् ।
सर्जक रविन लामिछानेले गीत समसामयिक सन्दर्भमा गीत बनेको हुँदा धेरैले मन पराउनेमा आशावादी भएको बताएका छन् ।
गीतमा भाडामा बस्नेको रुपमा आवाज रविन लामिछाने,भाडामा बस्ने केटीको आवाजमा चिजा तामाङले र घरबेटीको रुपमा राजु ढकाललको आवाज सुन्न सकिन्छ । गीतको लय, शब्द रविन स्वयमले बनाएका हुन ।
दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा सुरविर पण्डित,मरिजमान श्रेष्ठ,रविन लामिछाने र जानुका पौडेलको अभिनय रहेको छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।