एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतीय चर्चित लेखक रविन्द्रनाथ टैगोरको प्रेमकहानीमा आधारित रहेर फिल्म निर्माण गर्ने भएकी छन् ।
प्रियंकाले निर्माण गर्न लागेको फिल्म ‘नालिनी’मा लेखक टैगोरको मराठी एक युवतीसँग सन् १८७८ /७९ ताका कायम रहेको प्रेम सम्वन्धलाई कथामा उतारीने भएको हो ।प्रियंका चोपड़ाको प्रोड्क्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा ‘नालिनी’को हाल शूटिंग भैरहेको छ ।
यस फिल्मको शूटिंग पश्चिम बंगाल स्थित विश्व भारती यूनिभर्सिटीमा गर्न लागीएकोमा उक्त क्याम्पसले अनुमति दिन अस्वीकार गरेको छ ।फिल्मकाे कथाले अाम मानिसकाे भावनामा ठेस पुर्रयाउन सक्ने कारण अस्वीकार गरेकाे यूनिभर्सिटीले जनाएकाे छ ।
फिल्म ‘नालिनी’ रिर्सचमा आधारित हुने बताईएको छ । ‘नालिनी’ काे कथा १८७८/ ७९ ताका टैगोर जव १७ बर्षका थिए र मराठी एक युवतीलाई निकै मन पराउँथे अन्ततः उनको पिताले अस्वीकार गरेपछि प्रेम सम्वन्ध टुट्न पुगेको थियोकाे शेराेफेराेमा रहेर बनाइएकाे छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।