एजेन्सी । बलिउडमा सञ्जय दत्तको बायोपिकले आक्रामक ब्यापार गरीरहेको बेला पोर्नस्टार भनेर चिनीएकी अभिनेत्री सन्नी लियोनी आफ्नो बायोपिकलाई लिएर उत्साहीत भएकी छिन् ।सन्नीको जीवनीमा बन्ने चलचित्रमा उनको विगत तथा वर्तमानलाई फिचर गरिएको छ । ‘जिस्म–२’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी सन्नीको अभिनय यात्रा सुखद नभए पनि उनी भारतमा अत्यधिक चर्चित तथा लोकप्रिय छिन् । सञ्जय दत्तको बायोपिकले धुम मच्चाए सँगै यतिबेला सन्नी पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छिन् ।
सन्नी लियोनीको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ १६ जुलाईमा रिलिज हुने बताईएको छ ।हालै फिल्मको एक पोष्टर सार्बजनीक गर्दै सन्नीले आफ्नो जिवन अव खुल्ला किताब जस्तै हुने बताएकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।