काठमाडौं । फिल्म ‘ल्याङ ल्याङ’को निर्माण घोषणा भइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ फिल्म ‘ल्याङ ल्याङ’ निर्माणको घोषणा भएको हो । फिल्मलाई करण श्रेष्ठ ‘क्रेजी’ले निर्देशन गदैंछन् ।
यो फिल्ममा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्धि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरिता गिरी, देविराम पराजुली, दमन रुपाखेती लगायत कलाकारहरुको अभिनय रहनेछ ।
फिल्मलाई अमृतमाया श्रेष्ठले प्रस्तुत गर्नेछन् । नेपाल, बहराइन र अस्ट्रेलियामा छायाङ्कन गरिने यो फिल्म भदौको अन्तिम साताबाट फ्लोरमा जाने निर्माण पक्षले जानकारी गराएका छन् । यो फिल्मले एक ट्याक्सी ड्राइभरको कथा बोल्ने छ ।
फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, टङ्क बुढाथोकीको सङ्गीत रहनेछ भने साहिल खानको सम्पादन रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।