एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई मोष्ट एलिजिवल ब्याचेलर मध्ये एक मानिन्छ । सलमानले आफ्नो विभिन्न उमेर चरणमा धेरै गर्लफ्रेण्डहरुसँग रोमान्स गरे, तर उनको ती प्रेमहरु कुनै बैबाहिक बन्धनसम्म भने पुगेनन् । सलमानको स्कुल समयमा पनि प्रेम बसेको थियो, तर ती युवतीले सलमानलाई आफ्नो भाई मान्थे ।
एक अखबरको रिपोर्ट अनुसार, सलमानले एक पटक धेरै ‘जलजीरा’ पेय पदार्थ सेवन गरेका थिए । त्यसपछि उनी वासरुमको खोजिमा थिए । सोही वासरुम खोजीको क्रममा उनले एक युवती भेटाएका थिए । एक सुत्रले बताए अनुसार सलमानले ग्वालियरमा पढ्थे । त्यस समयमा उनले आफ्नो साथीहरुसँग देह्रादुन जाने योजना बनाए ।
देह्रादुन पुगेपछि उनीहरु सबैले धेरै ‘जलजीरा’ पिएका थिए, जसको कारण उनीहरु वासरुम जानु परेको थियो । सोही क्रममा सलमानले वासरुमको अगाडि एक लोकल युवती देखेका थिए भने सो युवतीसँग उनी फिदा बनेका थिए ।
सलमान ग्वालियर फर्के, तर ती युवतीलाई उनले आफ्नो दिमागबाट निकाल्न सकेनन् । उनीहरु एक अर्कासँग पत्र पनि लेख्ने गर्दथे । सुत्रका अनुसार यी दुवैबीच करिब एक वर्षसँम्म कुराकानी भयो । तर, ती युवतीले सलमानलाई आफ्नो भाई ठान्दथे । जब लमानलाई यो कुरा थाहा भयो यसले ती युवतीसँग कुरा गर्न छोडिदिए ।
अहिले सलमानको कामको कुरा गर्नुपर्दा ‘दबंग’ टुरमा व्यस्त छन् । सो टुरपछि सलमान अलि अब्बास जफरको ‘भारत’ फिल्ममा व्यस्त हुनेछन् । यो फिल्ममा सलमानको साथमा अभिनेत्री प्रियंका चोपडा र दिशा पटानी पनि रहेका छन् । यो फिल्म आगामी इदमा रिलिज हुनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।