काठमाडौं । राजकुमार हिरानीको निर्देशनमा बनेको बलिउडका मुन्ना भाई संजय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ले प्रत्येक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । यो भन्दा पहिले अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ले यो वर्ष धमाका मच्चाएको थियो, तर सलमानको ‘रेस ३’को रेकर्डलाई पछि पार्दै सञ्जय दत्तको जीवनीमा बनेको ‘सञ्जु’ले नयाँ रेकर्ड बनाईरहेको छ । यो फिल्मले भारतमा मात्र चार दिनमै १४५ करोड भारु भन्दा बढी कलेक्शन गरिसकेको छ ।
चौथे दिनमा ‘सञ्जु’ फिल्मले बक्स अफिसमा १४५.४१ करोडको कमाई गरिसकेको छ । यो फिल्मले शुक्रबार ३४. ३५ करोड कमाई गरेको थियो । त्यस्तै शनिबार ३८.६० करोड, आइतबार ४६.७१ करोड, सोमबार २५.३५ करोड कलेक्शन गरेको थियो । अभिनेता रणवीर कपुर अभिनित यो फिल्म ‘सञ्जु’ ले कुनै पनि बिना बिदा र विकेन्डको सबै भन्दा बढी कमाई गर्ने फिल्मको रुपमा रेकडर्ढ बनाएको छ । यही फिल्मले रिलिज भएको चार दिनमै केही रेकर्डहरु बनाएको छ ।
एकै दिनमा सबै भन्दा धेरै कमाई गर्ने फिल्म
रणवीर कपुर अभिनित ‘सञ्जु’ले एक दिनमै सबै भन्दा बढी कमाई गरेको साउथका सुपरस्टार प्रभाषको फिल्म ‘बाहुबली’को रेकर्डलाई तोडेको छ । तरण आदर्शका अनुसार बाहुवली रिलिज भएको तेस्रो दिन ४६. ५० करोडको कमाई गरेको थियो ।
यो एक रेकर्डनै बनेको थियो । तर, रणवीर अभिनित ‘सञ्जु’ले रिलिजको तेस्रो दिन ४६.७१ करोडको कलेक्शन गर्दै बाहुबलीको सो रेकर्डलाई तोडेको हो । बलिउडमा यो सबै भन्दा बढी कलेक्शन गर्ने फिल्मको रेकर्ड हो ।
२०१८ को ठुलो ‘ओपनिङ डे’ फिल्म
‘सञ्जु’ वर्षको सबै भन्दा बढी ओपनिङ विकेन्ड फिल्म बनिसकेको छ । यो फिल्मले रिलिजको दिन ३४.७५ करोडको कमाई गरेसँगै सलमान खानको फिल्म ‘रेस ३’ र टाइगर श्रफको फिल्म ‘बागी २’को रेकर्डलाई तोडेको छ ।
रिलिजको पहिलो दिन सलमानको ‘रेस ३’ले २९.१७ करोड र टाइगरको ‘बागी २’ले २५. १० करोडको कलेक्शन गरेको थियो । त्यस्तै सबै भन्दा चर्चामा रहेको रणवीर र दीपिकाको फिल्म ‘पद्मावत’ले रिलिजको दिन १९ करोडको कलेक्शन गरेको थियो ।
‘सञ्जु’ बन्यो रणवीरको करियरकै सबै भन्दा सफल फिल्म
अहिलेसम्म रणवीरको करियरको सबै भन्दा बढी ओपर फिल्म ‘बेशरम’ (२०१३) बनेको थियो । रणवीरको बेसरमले रिलिजको दिन २१.५६ करोडको कलेक्शन गरेको थियो । रणवीरको फिल्मको सो रेकर्डलाई ‘सञ्जु’ले तोडेको छ ।
रणवीरको सबै भन्दा बढी विकेन्ड ओपनर फिल्म बन्यो ‘सञ्जु’
रणवीरको फिल्म ‘ये जवानी है दिवानी’ करियरको सबै भन्दा बढी विकेन्ड कमाउने फिल्म थियो । बक्स अफिस इन्डियाका अनुसार यस फिल्मले रिलिजको पहिलो साता ६१.८७ करोडको कमाई गरेको थियो । रणवीरको सो रेकर्डलाई ‘सञ्जु’ले तीन दिनमै तोडेको छ ।
हिरानीको सबै भन्दा ठुलो ओपनर फिल्म ‘सञ्जु’
अनुष्का शर्मा र आमिर खानको फिल्म ‘पीके’ राजकुमार हिरानीको फिल्म सबै भन्दा ठुलो ओपनर फिल्क थियो । तर ‘सञ्जु’ले राजकुमार हिरानीको ‘पीके’को रेकर्डलाई तोड्दै अर्को फिल्म ‘सञ्जु’ ठुलो ओपनर फिल्म बनेको छ । ‘पीके’ले रिलिजको दिन २५.४५ करोडको कमाई गरेको थियो, भने सञ्जुले रिलिजको ३४. ७५ करोडको कमाई गरेको छ ।
२४ सै घण्टा फिल्महल खुल्ला
रणवीर अभिनित ‘सञ्जु’ भारतमा मात्र नभएर विदेशतिर पनि रेकर्ड तोडिरहेको छ । दुवईमा यसै सञ्जु फिल्मको लागि रिकारले २४ सै घण्टा फिल्महल खुल्ला गर्न इजाजत दिएको छ ।
सञ्जय दत्तको जीवनी जान्नको लागि मानिसहरु उत्साहित छन्, सोही कारण फिल्महलहरुमा दर्शकहरुको भीड लागिरहेको छ । यसै कारण दुवई सरकारले शुक्रबार र शनिबार २४ सै घण्टा फिल्महल खुल्ला गर्न अनुमति दिएको हो । एजेन्सीको सहयोगमा (सरद राई)
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।