काठमाडौँ । करिब ५ वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह यही वर्षभित्रै हुन लागेको छ ।
विभिन्न संचार माध्यममा आएका खबरका अनुसार यो जोडीले यही वर्षको नोभेम्बर १० मा विवाह गर्न लागेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले जस्तै दीपिका र रणवीर पनि इटालीमा विवाह गर्ने तयारीमा छन् यद्यपी दिपीकाको पुख्र्यौली घर ब्यङलोरमा भएको कारण ईटालीमा हुननसके ब्यङलोरमा पनि हुन सक्ने जनाईएको छ ।उनीहरूको विवाह निजीरूपमा हिन्दु परम्पराअनुसार गरिनेछ। जसमा नजिकका साथी तथा आफन्तजन सरिक हुनेछन्।
दीपिका रणवीरको घरपरिवारले यतिबेला विवाहको लागि किनमेल सुरु गरिसकेका छन् । इटालीमा हुने डेस्टिनेशन विवाहमा दुवैको परिवार तथा बलिउडका केही नजिकका साथीहरु मात्रै सहभागी हुनेछन् ।
विवाह समारोहमा बलिउडबाट दीपिकाको तर्फबाट शाहरुख खान तथा रणवीरको तर्फबाट अभिनेता अर्जुन कपूर सहभागी हुन सक्ने अनुमान पनि गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।