सामाजिक संजाल मार्फत बलिउडकी चर्चित अभिनेत्री सोनाली बेन्द्रेले आफुलाई क्यान्सर लागेको कताएकी छिन् । बेन्द्रेले इन्स्टाग्राम र ट्विटर मार्फत आफू ‘हाइ ग्रेड’ क्यान्सरको बिरामी भएको र हाल न्युयोर्कमा उपचार गराइरहेको जानकारी गराएकी छिन्।
उनले आफु जीवनको हरेक पलका लागि संघर्षरत रहेको र साथीभाई तथा शुभचिन्तकको सहयोग र सुभेच्छाले क्यान्सरविरुद्ध लड्न सहयोग पुगेको बताएकी छिन् । सोनाली बेंद्रेले बुधवार एक भावुक पोस्ट शेयर गरीन् कहिले काहिँ जिन्दगीले तपाईंलाई कहाँबाटुु कहाँ हुत्याईदिन्छ ।मलाई हालै हाई ग्रेडको क्यान्सर छ ।मलाई यस अघि स्पष्ट नदेखिने समस्या भएको थियो र जचाउँदा यो पत्ता लाग्यो कि मलाई क्यान्सर भएको रहेछ ।
सोनाली बेन्द्रेले बलिउडका चर्चित हस्तीहरुसँग काम गरेकी छिन्। हम साथ साथ है, दिलजले, सरफरोस, दिवाना मे तेरा, डुप्लिकेट, जख्म, दहेक, आग लगायतका फिल्ममा अभिनय गरेकी बेन्द्रे पछिल्लो समय टेलिभिजन सो र सिरियलहरुमा व्यस्त थिइन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।