एजेन्सी । आइपिएल सम्पन्न भएपछि अभिनेत्री प्रीटि जिन्टा अचेल अमेरिकामा आफ्नो श्रीमानको साथमा समय बिताईरहेकी छन् । यस दौरानमा उनले सोशल मिडियामा एउटा यस्तो तस्वीर सेयर गरेकी छन्, सो तस्वीरले निकै चर्चा बटुलिरहेको छ ।
प्रीटिले अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा यो तस्वीर सेयर गरेकी हुन् । यस तस्वीर चर्चामा आउनुका पछाडि प्रीटिले लगाएकी पहिरन हो । प्रीटिले लगाएकी यस पहिरनमा अमेरिकी झण्डाको बिक्किनी बनाइएको छ । उनलाई यो पहिरन आफ्नै श्रीमान जीन गुडइनफले गिफ्ट गरेका हुन् ।
Happy 4th of July 🇺🇸 to everyone who celebrates it today. I love my new home away from home😘 Husband got me a new American bikini & I thought it’s appropriate to wear it today🤪 #Ting #🇺🇸 #Gene #🇺🇸independenceday #chill #la #sunshine #fireworks #suzie #fun #beach #Smile pic.twitter.com/YSB6wZH9VI
— Preity G Zinta (@realpreityzinta) July 4, 2018
प्रीटिले यस तस्वीरको क्याप्शनमा आफ्नै श्रीमानले सो पहिरन दिएको र आफुलाई सो पहिरन लगाउन सही हुने बताएकी छन् । उनको यस पोष्टपछि केहीले यस अमेरिकन विक्किनी पहिरनको तारिफ गरिरहेका छन्, भने केहीले ट्रोल बनाईरहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।