काठमाडौं, १५ कात्तिक । एउटा यस्तो अचम्मको जोडी ! जो केही दिनयता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । काठमाडौंमै बच्चा भन्दा पनि सानो श्रीमान भएको एक जोडी भेटिएका छन् । यो जोडीले धेरै दुखलाई पार गर्दै यहासम्म आइपुगेका छन् । यो जोडी हो टिकापुर स्थाई घर भएका भक्त विष्ट र प्रतिभा चाैधरी विष्टको ।
पहिलो पटक यो जोडीको भेट विहेमा भएको थियो । त्यसरीनै उनिहरुले आफ्नो प्रेमलाईलाई विवाहमा बाँध्नका लागि धेरै कष्ट गर्नु परेको छ । उनिहरुको जोडी अन्तरजातिय भएकै कारण पनि आफ्नो प्रेमलाईलाई विवाहमा परिवर्तन गर्नका लागि गाह्रो परेको बताएका छन् ।
अहिले यो जोडी काठमाडौंको विजुली बजारमा बस्दै आएका छन् । यो जोडी एक अर्का बिना मर्न पनि तयार रहेको बताउँछन् । परिवारले उनिहरुको बिछोड गराउन खोज्दा आत्महत्याको प्रयास गरेको कुरा पनि खुलस्त रूपमा बताएका छन् ।
यस भाइरल जोडीले आज (विहीबार) मेरिबास्सैका बल्छि धुर्बे (मरिचमान श्रेष्ठ)लाई भेटेका छन् । बल्छि धुर्बेले यस भाइरल जोडीलाई ‘मेरिबास्सै’ खेल्ने अवसर दिएका छन् । साथै उनिहरुलाई बल्छि धुर्बेले सहयोग रकम पनि दिएका छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।