काठमाडौं । नेपालमा हिन्दु र मुसलमान बिच हुने तनावको विषयलाई लिएर हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं’को शुटिङ पुरा भएको छ र यो आउँदो महिना रिलीज हुँदैछ ।यस फिल्ममा नेपाली पंडितको भूमिकामा पाकिस्तानका प्रख्यात अभिनेता हमीद शेख तथा मुसलमानको भूमिकामा बलिउड अभिनेता गुल्शन ग्रोबरले निभाएका छन् ।
हमीद शेखको सम्बन्ध बलूचिस्तानसँग रहेको छ ।उनी पिटीवी क्वेटासँग नजिक थिए । त्यस अलावा उनले फिल्म ‘मोर’मा’ मूख्य भूमिका निभाउनुको साथै फिल्म ‘खुदा’मा समेत महत्वपूर्ण रोल निभाएका छन् ।हमिद शेखका अनुसार ‘द म्यान फ्रम काठमाडौं’ एक मुसलमान युवा जो अमेरीकाबाट नेपाल आएर आफ्नो बाबुको जायजेथा र खानदान खोज्न चाहन्छ र उक्त समयमा उनी एक मुशलमान नेताको साथ लाग्दछन् ।
यसै फिल्ममा हमिद शेख नामुद पण्डितको भूमिकामा देखिएका छन् ।हमिद पाकिस्तानी मुशलमान भएतापनि उनको घरसँगै हिन्दुहरुको मन्दिर भएको कारण हिन्दु पण्डितको अभिनय गर्न सहज भएको बताउँछन् ।
फ़िल्मको निर्देशक पेमा नेपाली हुन् त्यसकारण हलिउड फिल्म भएतापनि कथालाई नेपाली परिवेश सँग पनि जोडिएको छ ।फिल्ममा पेमा ढुंढुपकै कथा रहेको छ । ‘द म्यान फ्रम काठमाडौं’ अमेरीकाबाहेक भारत र नेपालमा रिलीज हुँदैछ ।
हमीद शेख विशेष गरी ऐतिहासिक कथामा आधारीत फिल्म बनाउन र जीवन्त अभिनय गर्न माहिर पाकिस्तानी कलाकार हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।