काठमाडौ । यो बर्षको अन्त्यसम्म प्रदर्शनकाे जमर्को गरिरहेको चलचित्र लभ स्टेशनको ८० प्रतिशत छायांकन सकिएको छ । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत र पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायांकन सकाएर चलचित्र युनिट काठमाण्डौ फर्किएको छ ।
यतिबेला केही दिन देखि काठमाण्डौमा यस चलचित्रको छायांकन भैरहेको छ । तिहारपछि चलचित्रको एउटा गीत मनाङ र अर्को गीत जापानमा खिचिने छ । सांगीतिक प्रेम कथामा आधारित पारिवारिक यस चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरिरहेका छन् ।
चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ मुख्य भूमिकामा छन् । साथमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।