काठमाडौँ । नायक आकाश श्रेष्ठले ‘बिर बिक्रम २’बाट हात झिकेका छन् । राजधानीमा केही दिन अघि एक भव्य कार्यक्रम गर्दै फिल्म ‘बिर बिक्रम २’को घोषणा गरिएको थियो।

तिहार लगत्तै छायाँकनमा जाने भएको ‘बिर बिक्रम २’ फिल्बाट आकाशले हजुरबा बिरामी भएको कारण हात झिकेका हुन् । उक्त जनाकारी आकाशले सामाजिक संजाल आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिएका छन् । श्रेष्ठले स्टाटस मार्फत निर्माता मिलन चाम्ससंग फिल्म गर्न नसक्ने भन्दै माफि मागेका छन् । आकाशले हजुरबुवालाई समय दिनु परेको कारण चलचित्र खेल्न नसक्ने बताइएकाे छ ।
आकाशले अाफ्नाे फेसबुकमा भने ,”मैले खेल्ने भनिएको चलचित्र बिर बिक्रम म मेरो हजुर बुबा बिरामि भएको हुदा उहाको उपचारमा समय दिनु पर्ने कारण ले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु १ मिलन दाई संग काम गर्न पाउनु मेरो लागि ठुलो सौभाग्य थियो र खुसि पनि थिए तर यो टिमलाई साथ दिन सकिन । म आवद्ध नभएपनि ‘बिर बिक्रम २ु’लाई सफलताको शुभकामना छ। आगामी दिनमा निर्देशक तथा निर्माता मिलन चाम्स दाईसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद !”
फिल्म ‘बिर बिक्रम २’मा नायक आकाश श्रेष्ठ, नजिर हुसेन र नायिका बर्षा सिवाकोटी रहने निर्माण पक्षले जनाकारी दिएकाे थियाे ।

यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।