लन्डन । ’मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनरअप अमृता गिरी गजुरेलको परिचय थपिएको छ । अब उनी गायिकाका रुपमा उदाएकी छन् ।
सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले गाएको पहिलो गीत ’माली बिनाको फूल…’ को म्यूजिक भिडियो एक कार्यक्रमबीच लन्डनमा सार्वजनिक गरिएको छ । लन्डन ब्रेन्ट काउन्सिलका पूर्व मेयर भगवानजी चौहान र व्यवसायी काशीराज बोहोराले संयुक्त रुपमा म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।
अपांगता भएपनि उनको साहस, आत्मविश्वास र लगाव अरुका लागि पनि प्रेरणा श्रोत भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी चौहानले बताए । म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठले बेलायतमा भिडियो निर्माण आफैंमा चुनौतिपूर्ण भएको बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रम सञ्चालन गर्दै स्थानीय गायिका तथा गीतकार अन्जु श्रेष्ठले अमृताको जीवन भोगाइसंग मेल खाने शब्दहरु रचेको बताइन् । भिडियोमा गिता बस्नेत पाण्डे र शंकर गजुरेलको अभिनय रहेको छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।