काठमाडौं, २२ मंसिर । देउ कृष्ण देवानको ‘तारेभीर’ फिल्म ‘फोपी’मा रिलिज गरिएको छ । ‘फोपी’ नेपालको पहिलो पेड भिडियो स्ट्रिमिङ मोबाइल एप (paid video streaming mobile app) हो । ‘फोपी’मा रिलिज गरिएका सबै भिडियोहरु एचडी (HD quality) मा हुन्छन् । ‘फोपी’ एपबाट युट्युवमा नभएका भिडियोहरुलाई डाउनलोड गरेर हेर्न सकनेछ ।
‘फोपी’ मा रिलिज गरिएको देउ कृष्ण देवानको फिल्म ‘तारेभीर’ले हाम्रै समाजमा घटिरहेका विभिन्न घटनाहरुलाई प्रस्तुत गरेको छ । नेक्स्ट जेनेरेशन इनटरटेन्मेन्टको प्रस्तुतीमा फिल्मलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक सुब्बाको आफ्नै रहेको छ ।
यो फिल्ममा रेखा लिम्बु, बिष्णु चेमजोङ, नविन कार्की, निर्देशक प्रेम सुब्बा, निर्माता देउ कृष्ण देवान लगाएको मुख्य अभिनय रहेको छ । फिल्ममा दर्शकहरुले कलाकार विष्णु चेमजोङ, रेखा फगो र नविन कार्कीको एक्शन अवतारलाई पनि हेर्न पाउने छन् ।
फिल्ममा जनक गुरुङको एक्शन, गोबिन्द राई र दिनेश माङ्मुको कोरियोग्राफी र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।
‘फोपी’ मा कसरी हेर्ने ?
देउ कृष्ण देवानको ‘तारेभीर’लाई ‘फोपी’ सपलमा गइ किनेर हेर्न पाइनेछ । यसका साथै नेपाल टेलिकमको सहकार्यमा एनटी (NT) प्रयोगकर्ताहरुले आफ्नै मोबाइलको ब्यालेन्सबाट फिल्म हेर्न सकिनेछ ।
त्यस्तै भारतमा पेटिएम (PAYTM)सँग र मलेसियामा मोलपे (MOLPAY) सँगको सहकार्यमा फिल्म हेर्न सकिनेछ । यसका साथै विश्वका जुनसुकै ठाउबाट पनि क्रेडिट र डेबिड कार्ड प्रयोग गरी ‘तारेभीर’ फिल्मलाई हेर्न सकिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।