काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको ड्रीम प्रोजेक्ट फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को अफिसियल ट्रेलर रिलिज भएको छ । तीन मिनेट १९ सेकेण्डको सार्वजनिक ट्रेलरमा अभिनेत्री कंगना रनौतको धेरै प्रकारको अवतारलाई देख्न सकिन्छ । विशेष गरी फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेत्री कंगनालाई प्रस्तुत गरिएको छ । फिल्ममा कंगनाले ‘झाँसीको रानी’को भुमिका निभाइरहेकी छन् । ‘मणिकर्णिका’ कंगनाको करियरकै दोस्रो पिरियड फिल्म हो ।
कस्तो छ ट्रेलर ?
फिल्मको ट्रेलरको सुरुवातमा अंग्रेजहरुबाट जनतालाई बचाउनका लागि ‘मणिकर्णिका’ अगाडि आउँछन् । राजमहलमा हुर्किएकी ‘मणिकर्णिका’ विषेश छन्, जसको इशारा कंगनाको इन्ट्रीले नै प्रष्ट पार्छ । फिल्मको सार्वजनिक ट्रेलरमा कंगनाले ‘मणिकर्णिका’को रुपमा प्रस्तुत हुन्छन् । त्यसपछि एक श्रीमतिबाट रानी, आमा र पुनः लक्ष्मीबाई झाँसीको रुपमा प्रस्तुत हुन्छन् ।
यो फिल्ममा कंगनाले मुख्य भुमिका निभाएकी छन् । फिल्ममा कंगनाले एक्शन अवतारमा कुशल पर्फमेन्स दिएकी छन् । फिल्मको सार्वजनिक ट्रेलर अनुसार कंगनाको झाँसीको रानीको गेटअप लुक्स निकै शान्दार छ । कंगनालाई पहिलो पटक युद्धको फिल्ममा काम गर्नु एउटा च्यालेञ्ज नै थियो । तर कंगनाले आफ्नो भुमिकालाई पूर्णरुपमा न्याय गरेकी आँकलन गर्न सकिन्छ ।
यो फिल्ममा चर्चित कलाकारहरुले काम गरेका छन् । जसमा कंगनाको साथमा डेनी, अंकिता लोखंडे, सुरेश ओबेराय, कुलभुषण खरबंदा लगाएत मुख्य भुमिकामा छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा मंगलबार (आज) कंगनाको ‘मणिकर्णिका’को अफिसियल ट्रेलर रिलिज गरिएको हो । कार्यक्रममा अभिनेत्री कंगनाले ग्राण्ड इन्ट्री मारेकी थिइन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।