काठमाडाैं । निर्माता तथा वितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ ।चलचित्र निर्माता संघको कार्यसमिती बैठकले संघका उपाध्यक्ष गोविन्द शाहीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
संघको विधि र विधान विपरित काम गरेका कारण शाहीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको संघका महासचिव रोज राणाले बताए ।राणाले चलचित्र निर्माता संघले डाकेको बैठकमा उपस्थित नहुने र डाकिएको बैठकमा पनि अभद्र शैलीमा प्रस्तुत हुने गरेका कारण उनलाई संघबाट बर्खास्त गर्न बाध्य भएको जानकारी दिए ।
केही समय अगाडि शाहीले एक निर्मातालाई आफूले वितरण गरेको चलचित्रसँग जुधाएको भन्दै सार्वजनिक कार्यक्रममा हात हालेका थिए । यसअघि चलचित्र लिलिबिली’को आर्थिक हिसाब किताबमा अनियमितता गरेको बिषयमा परेको उजुरीमा जवाफ दिन पटकपटक बोलाइंदा पनि शाही उपस्थित भएका थिएनन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।