काठमाडौं । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई साथ दिँदै राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ठमेलस्थित छायाँ सेन्टरमा हुन लागेको क्रिशमस सेलिब्रेसनमा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति रहनेछ । भब्य तयारी भइरहकेको सो कार्यक्रमा नेपाली तथा विदेशी पाहुनलाई मनोरञ्जन दिन मंगोलियन हार्टका राजु लामासँगै स्वदेशी तथा विदेशी सांगितिक ब्याण्ड तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
नेपाली मोर्डन संस्कृतिको जगेर्नाका लागि छायाँ सेन्टर, ओजि लाउन्जले सेलिब्रेशन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आयोजक दिनेश श्रेष्ठका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनको लागि काठमाडौंको मुटु ठमेलमा नयाँ वर्ष तथा क्रिसमसलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो ।
यही डिसेम्बर २४ अर्थात् पुस ९ गतेका दिन हुन लागेको कार्यक्रममा १८ सयदेखि २ हजार स्वदेशी तथा विदेशी दर्शक आउने लक्ष्य आयोजकले लिएको छ । साथै टेबल सिटको अग्रिम बुकिङ पनि खुला भइसकेको छ ।
नयाँ बर्ष २०१९ का दिन पनि विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा दिपक ब्रज्राचार्यको बिशेष प्रस्तुति रहने छ भने अन्य कलाकारहरुले आफ्नो प्रस्तुति राख्नेछन् । दिनेश श्रेष्ठकै आयोजना रहेको कार्यक्रलाई छाँया सेन्टर, ओजी लाउञ्ज, पोजेटिभ भाईबेस तथा नेपाल म्युजिकले सपोर्ट गर्ने भएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।