- फिल्मः जीरो
- निर्देशकः आनन्द एल राय
- स्टारः शाहरुख खान, अनुष्का शर्मा, कत्रिना कैफ, आर माधवन, तिग्मांशु
- समयः २.३८ घण्टा
एजेन्सी । अभिनेता शाहरुख खान पुनः फिल्म ‘जीरो’मा एक च्यालेन्जिङ भुमिका लिएर फर्किएका छन् । शाहरुख खानले आफ्नो करियरकैै एक नयाँ लुक्स लिएर फिल्म ‘जीरो’मा देखिएका छन् । शाहरुखले आफ्नो भुमिकाबाट फिल्मकी अभिनेत्री अनुष्कालाई च्यालेञ्ज दिइरहेका छन् । आनन्द एल रायको ‘जीरो’ फिल्म एक लभ ट्रेङ्गल ड्रामा हो, जहाँ दुई फिजिकल च्यालेञ्जिङ भुमिकाले विशेष बनाएको छ । यसका साथै कमेडीलाई फिल्ममा समावेश गरिएको छ ।
कहानी
यो मराठीको ३८ वर्षीय बौने बउवा सिंहको कहानी हो, जसले विहेको लागि युवतीको खोजि गरिरहेका हुन्छन् । यसै दौरानमा उनले मेट्रिमोनियल सर्भिसको सहयोगले एक फिजिकल्ली च्यालेञ्जिड युवती आफिया भेटाउँछन् । जो ह्वील चेयरको सहायताले हिँडछन् ।
बउवा र अफियाको माया बस्छ । त्यसपछि उनीहरुले आफ्नो विहेको तयारी गर्छन् । तर विहै भएकै दिन बउवा भाग्छन् । डान्स कम्पिटिशनका साथै सुपरस्टार बबिता कुमारी (कत्रिना कैफ)लाई भेट्न पाइने भएकाले उनी आफ्नो विहेकै दिन भाग्छन् । त्यसपछि कहानीमा धेरै प्रकारको टर्न र ट्वीष्ट आउँछ ।
फिल्म किन हेर्ने ?
आनन्द एल रायले सानो शहरको सामान्य कहानीलाई उठाउँछन्, तर क्लाइम्याक्स भने असमान्य र उतरचढावले भरिएको हुन्छ । ‘जीरो’ फिल्ममा यो नै हेर्न पाइन्छ । बउवा (शाहरुख)ले दर्शकहरुलाई हसाउन कुनै कमी राख्दैनन् । त्यस्तै फिल्मको संबाद पनि ताजा र प्रभावी लाग्छन् । फिल्मको पहिलो हाफमा सामान्य लभ स्टोरी छ, तर दोस्रो हाफमा बउवा (शाहरुख)ले इमोशनल र सिरियस पक्षलाई समात्छन् । फिल्मको गीत संगीत पनि उत्कृष्ट छ ।
फिल्मको भिएफएकस पनि राम्रो छ । फिल्ममा शाहरुख र अनुष्काको नयाँ भुमिकालाई हेर्न पाइनेछ । फिल्ममा श्रीदेवी, काजोल, जूही चवला, दीपिका, सलमान खान र अभय देओललाई पनि हेर्न पाइनेछ ।
बजेट
यो फिल्म विश्वभर ५९६५ वटा हलमा प्रदर्शन गरिएको छ । भारतमा ४३८० र विदेशमा १५८५ वटा हलमा प्रदर्शन गरिएको छ । यो फिल्म २०० करोड भारुमा बनेको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।