कृष्ण/शिव,
बुटवल, २० पुष । आगामी पुष २४ गतेदेखि माघ २ गते बुटवलमा राष्ट्रिय स्तरको सर्ट फिल्म फेस्टिभल आयोजना गरिने भएको छ । बिशेषतः युवा बर्गलाई आधुनिक प्रबिधिको प्रयोग मार्फत आफ्नो सचित्र रचना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित बेष्ट वान भिडियो मेकिङ्ग प्रतियोगिता नामक उक्त सर्ट फिल्म फेस्टिभल हुने भएको हो ।
उपत्यका बाहिर पहिलो पटक आयोजना गरिने यस सर्ट फिल्म प्रतियोगितामा ३० बर्ष मुनिका युवाहरुले निशुल्कः सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाईनलमा भने दर्शकहरुका लागि न्यूनतम शुल्क वापत ९९ सय रुपैयाँको प्रबेश टिकट राखिएको आयोजक समितिले जनाएको छ । समितिले बुटवलमा पत्रकार सम्मेलन गरेर यस प्रकारको कार्यक्रमले युवा बर्गमा उर्जा र सिर्जना शक्तिको अभिवृद्धि हुने दावी गरेको छ ।
प्रतियोगितामा सहभागी हुने सर्ट फिल्म कम्तिमा ३० सेकेण्डदेखि १२ मिनेटसम्मको हुने र नेपालसहित बिश्वभरमा रहेको सबै नेपाली युवाहरुले सहभागिता जनाउन पाउने पनि प्रतियोगिताका आयोजकहरुले बताएका छन । प्रतियोगितामा सहभागी हुनका लागि आगामी पुष २४ गते मंगलबारसम्ममा सम्पर्क गरिसक्नु पर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।
आयोजक संस्था बेष्ट वान नेटवर्क (बि.ओ.एन)ले समाजका बिभिन्न घटनाक्रम, देश काल परिस्थितिसंग सम्बन्धित गतिविधिहरु र समस्याहरुबारे सचित्र लघु कथा मार्फत युवाहरुको ध्यानाकर्षण गर्न र युवाहरुकै कलात्मक भिडियोहरु मार्पmत् समाजमा जनचेतना जगाउनका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका प्रबन्धक अशेष भण्डारीले बताए । समाजका घटनाहरु युवाहरुकै रचनात्मक सर्ट मुभिबाट प्रतिबिम्बित गर्न भि.एम.सि २०१८ गर्न लागेको उनले संचारकर्मीहरुलाई जानकारी गराए ।
बि.ओ.एनका मार्केटिङ्ग प्रमुख बसन्तमान जोशीले उक्त मुभीको युट्युव वा गुगल ड्राइभ लिङ्क सहित टिम र भिडियोको नाम धधध।दयल।अयm।लउ मा रहेको भी.एम.सी फारम भरि सो प्रतिस्पर्धामा भागलिन सक्ने जानकारी गराए । पुष २४ लगत्तै निर्णायक मण्डलले चयन गर्ने सर्बोत्कृष्ट ३० भिडियो बेष्ट वान नेटवर्कको युट्युव च्यानल र फेसबुक पेजबाट प्रशारण गरिने छन् र सामाजिक संजालमा भोटिङ्ग समेत सुरु गरिने जनाइएको छ ।
प्रतिष्पर्धीले प्राप्तगर्ने अंकमा निर्णायक मण्डलको ६० प्रतिशत भार रहने छ भने बाँकी ४० प्रतिशतभार सामाजिक संजाल अर्थात फेसबुक र युट्युब को भ्युअर्स, शेयर र लाइकमा रहने छ । सो कार्यक्रमको फाइनल आगामी माघ २ गते बुटवलको द्वारिका उदय सिनेमा हल राजमार्ग चौरहामा हुने छ । सो प्रतियोगितामा उत्कृष्ट बन्नेले २५ हजार, द्वितीय हुनेले १४ हजार ७ सय र तेश्रो हुनेले ७ हजार ७ सय नगद पुरस्कार सहित बिभिन्न उपहारहरु पाउने छन् । ०००

यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।