काठमाडौं । लोकप्रिय संगीतकार सम्भुजीत बास्कोटाले पहिलेको तुलनामा पछिल्लो समय फिल्म र संगीत क्षेत्र दुवैको स्तर उन्नती भएको बताएका छन् । गायकसमेत रहेका बास्कोटाले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै पछिल्लो समय फिल्म र संगीत दुवै क्षेत्रको स्तरोन्नती भएको बताएका छन् ।
गीतकार बास्कोटाले भने, ‘पहिलेको तुलनामा फिल्म क्षेत्रको अवस्थामा धेरै परिवर्तन आएको छ । पहिले भन्दा धेरै राम्रो फिल्महरु पनि बन्न थालेका छन् ।’ उनले थपे, ‘पछिल्लो समय धेरै फिल्महरु बन्न थाले, दर्शकहरुले मन पर्न थाले । हलहरु बन्न थाले ।’
लोकप्रिय संगीतकारको रुपमा कहलिएका बास्कोटा पछिल्लो समय आफ्नो परिवारले निर्माण गरेको फिल्म ‘चौका दाउ’को प्रोमोशनमा व्यस्त रहेको बताएका छन् । जुन फिल्म यही पुष २७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै छ ।
बास्कोटाका अनुसार यो फिल्मले दर्शकहरुलाई फुल इनटरटेन्मेन्ट गराउने छ । कथा र संगीत सम्भुजीत बास्कोटाकै रहेको यो फिल्ममा सन्तोष पन्त, तैयाव शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल शर्मा, सोनिका केसी लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मलाई सौर्यजीत बास्कोटा र मनोज भण्डारीले निर्माण गरेका हुन् ।
यो फिल्मलाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन् । फिल्ममा श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको छ ।
संगीतकार बस्कोटाले अल्लरे, मितिनी, यो मायाको सागर, जाले रुमाल लगाएतको कथा आफैले लेखेको बताउँदै भने, ‘रियलिटी शोहरुको परिकल्पना निर्माण गरेको छु । दीपकराज गिरी र दीपाश्री निरौलाका टेलिसिरियल ‘तीतो सत्य’को ३५ भागसम्मको परिकल्पना निर्माण पनि म अफैले गरेको हुँ । जसको कारण अहिले दीपक दीपा लोकप्रिय बनेका छन् ।’
संगीतकार बास्कबोटाले आफ्नो नशानै संगीत रहेको बताउँदै भने, ‘सबै भन्दा बढी मन पर्ने संगीत हो । मेरो नशा हो । नेपाली संगीतलाई मैले डुबेर हेर्ने गर्छु ।’
बाँकमी कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।