काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्माला पन्तको बलात्कारपछि हत्या भएको घटनमा आधारित फिल्म ‘कोपीला’ बनेको छ । यो फिल्मलाई शिवम अधिकारीले लेखन एबम निर्देशन गरेका हुन् ।
फिल्ममा पन्तको बलात्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण गरेको निर्देशक अधिकारीले बताए । यो फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समावेस गरिएको छ । ‘कोपीला’ को भुमिकामा संजीवनी खरेल रहेकी छन्।
फिल्ममा सञ्चारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् । कलाकार गणेश गिरीको प्रस्तुती रहेको फिल्मको कार्यकारी निर्मातामा सुबाशराज काफ्ले, सह निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की गरेका हुन्।
दिपक शर्माले संगीत दिएको यो फिल्ममा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिर, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको छायाँकन सोमबार सम्पन्न भएको निर्देशक अधिकारीले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।