काठमाडौँ । नयाँ फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । यो फिल्मको मुख्य भूमिकामा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रहने भएको छ ।
यो फिल्म समिर सुनवार र निर्देशक गुरुङको लेखनमा सानो मन बन्न लागेको हो । फिल्ममा आयुष्मान निर्वाण र शिल्पाको सानियाको भूमिकामा देखिने जनाकारी दिएको छ । आयुष्मानले ’सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए भने शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । संगीत सुयोग सोताङले भर्ने भएका छन् ।
योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले निर्माण गरिने यो फिल्मको छायांकन काठमाडौं, भैरहवा, हङकङ र मकाउमा हुने निर्माता टिमले बताए ।अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केसंगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहनेछ । ‘फिल्मको छायाँकन माघ ७ गतेबाट सुरु हुँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।