काठमाडौँ । हरर फिल्म ‘घर’को छायाँकन सुरु भएको छ । अभिनेत्री सुरक्षा पन्तले अभिनय रहेको फिल्मलाई अर्पण थापाले निर्देशन गर्ने भएको हो ।
सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु गरेको छ । निर्माण टोलीको योजना २० दिनमा छाँयाकन सिध्याउने रहेको छ । फिल्ममा शर्मिला पाण्डेको लगानी रहेको छ भने फिल्ममा सहनिर्माता दिपेन्द्र के खनालले गरिरहेका छन्।
छायाँकन बुढानिलकण्ठ आसपास नै भइरहेको छ । फिल्ममा सुरक्षा पन्त र अर्पण थापासँगै बेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनाल लगायत कलाकारहरुको अभिनय रहने छ । फिल्मको छायाँकन निरज कँडेलले गर्दैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।