गुरुङ – भाषाको चलचित्र मारक्युको सुटिङ सम्पन्न भएको छ । गुरुङ भाषा संस्कार, संस्कृतिमा रहेर निर्माण भएको चलचित्र मारक्यु हाल सम्पादनमा रहेको निर्माताहरुको भनाई रहेको छ । नायिका खुशी गुरुङको मुख्य भूमिका रहेका चलचित्रममा नायकमा कमल गुरुङ खुशी गुरुगुरुङ भाषाको चलचित्र मारक्युको सुटिङ संगै देखिने भएका छन् ।
नव नायक सङ्राम गुरुङ र नब नायीका रोशनी गुरुङले चलचित्रबाट डेबु गरेका छन् भने नायक नायीका सँगै निर्देशक दिनेश गुरुङले पनि यसै चलचित्रबाट चलचित्र निर्देशनको यात्रा तय गरेका छन् । गणेश गुरुङ ९सुबास० को कथा रचना र लेखन रहेको मारक्युलाई छायाङकन सुसन प्रजापती, सम्पादन उज्वल ढकालले गरेका छन् । चलचित्रमा राम कुमार गुरुङको संगित रहेको छ ।
क्लाइमेक्स आर्टको प्रस्तुती रहेको फिल्ममा विशेष गरेर गुरुङ सँस्कार अनुसार सुनपानी के कस्तो ठाउँमा प्रयोग गरिने र सुनको महत्व आफ्नो साथमा पैसा नहुँदा त्यस्ले पनि काम गर्ने जस्ता सन्देश दिएको छ । पारिवारिक कथावस्तु समेटिएको यस चलचित्रमा बाबा आमाको मृत्यु पश्चात दिदी भाईको घरायसी व्यवहार सबै एउटी दिदी ले चलाऊनु पर्दा को पिडा भाईको बदमासीपनले दिदीले पाएको दुस्ख कस्ट समेटिएको कथा वस्तुमा राम कुमार गुरुङ जुनु गुरुङ निर्माण गरेका हुन् ।
फिल्मको निर्माणमा नवराज घले (युके),नन्द बहादुर गुरुङ (अमेरिका), कालु गुरुङ (कोरिया),सूर्य घले (कोरिया), केश बहादुर गुरुङ (कोरिया), सनग्रम गुरुङ (कतार), चन्द्र गुरुङ (पर्वत), राकेश गुरुङ (लमजुङ), दविराम गुरुङ (सिंगापुर)बाट जुटेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।