काठमाडौँ – फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल पुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए ।
वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले आफूले वर्षा राउतलाई विगत चार पाँच वर्षदेखि फलो गर्दै गरेको र विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् ।
‘वर्षा दिदी हामी जस्तो धेरैको आदर्श हुनुहुन्छ । उहाँ नयाँ जीवन सुरु गर्न गइरहनु भएको छ । त्यसैले हामीले ब्राइड टु बि गर्ने प्रस्ताव राखेका थियौं जुन उहाँले सहर्ष स्वीकार्नु भयो । उहाँलाई धेरै धेरै शुभकामना,’ शर्माले भनिन् ।
वर्षाले ममता जस्तै देशभरका फ्यानको समूह रहेको र उनीहरुले विवाहको खबर सार्वजनिक भएसँगै ब्राइड टु बि गरौं है भनेर भनेको प्रस्तावलाई आफूले स्वीकारेको बताइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।