काठमाडौँ । शुक्रबारबाट फिल्म ‘बद्री बहादुर’को छायांकन सुरु भएको छ । सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने फिल्मको कुल लागत एक करोड पुग्ने जनाइएको छ ।
सुरुमा लमजुङमा छायांकन हुने चलचित्रको छायांकन उद्घाटन गर्न आज राजधानीको कमलादी स्थित गणेशस्थान मन्दिरमा पूजा गर्दै छायांकन सुरु भएको हो । त्यसपछि काठमाडौं,धरान अनि संखुवासभामा चलचित्रको करिब २ महिना छायांकन हुनेछ।
मिथुन भोटे कार्यकारी निर्माता रहेको फिल्ममा ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर एवं विजय गोपाल दलि प्रस्तुतकर्ता रहने छन् ।
नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहेको फिल्म कमेडी जनरामानिर्माण हुने बताइएको छ । फिल्ममा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको समेत अभिनय रहने छ ।
तीजसम्ममा प्रदर्शनमा आइसक्ने फिल्ममा रामकाजी घिमिरेको लेखन, शिब बिकको नृत्य निर्देशन , टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शंकर महर्जनको द्धन्द , ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।