ऐजेन्सी । बलिउडमा निकै विवाद झेलिरहेको चलचित्र मणिकर्णिकाले आकर्षक कमाइ गरिरहेको छ । मणिकर्णिकाले अहिलेसम्म ४७ करोड ९भारतीय रुपैयाँ ०कलेक्सन गरिसकेको जनाइएको छ ।
कंगना रनौत फिल्म ‘मणिकर्णिका’ (द क्वीन अफ झासी)बाट बक्स अपफिसमा धमाका मच्चाउन सफल भएकी छन् । बक्स अफिस इन्डियाका अनुसार कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ले सोमबार करीब ६ करोडको कमाइ गरेको छ ।
फल्मले रिलिज भएको ४ दिनमै ४७ करोड कमाउन सफल भएको छ । बलिउड रेकर्डका अनुसार कुनै पनि फिल्मले रिलिजको ४ दिनमै ५० करोड पुग्नु राम्रो बिजनेस हो । पहिलो दिन ६ करोड, दोस्रो दिन १९ करोड र तेस्रो दिन १५ करोड गरेर तीन दिनमा करिब ४२ करोड कमाइ गरेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।