एजेन्सी । बलिउडमा न्यू कमर्समा २०१८ भरी एकै नाम चर्चामा रह्यो त्यो हो सैफअली पुत्री सारा अली खानको । मिठो बोली, नम्र स्वभाव र सुन्दरताको कारण साराले दर्शकको माया र साथ बटुल्न सफल रहिन् ।सारा जस्तोसुकै प्रश्नको पनि उत्तर दिन सक्ने क्षमता राख्छीन् ,चाहे त्यो ब्यक्तिगत होस् या पारिवारीक ।हालै एक अन्तर्वार्तामा साराले बुवा सैफकी दोस्री पत्नी बनेकी करीना कहिल्यै आमा बन्न नसकेको खुलाइन् ।उनले आमाको सच्चा रुप सिर्फ अमृतामा मात्र देखेको तर जे जस्तो भएपनि आफ्नो पिताको खुशी नै आफ्नो खुशी रहेको बताइन् ।
अन्तरर्वार्तामा साराले बिना हिच्किचाहट आमा अमृता र बुवा सैफ बिचको सम्वन्धबारे बोलिन् ।उनले बुवा सैफ र आमा अमृता बिचको ठूलो उमेर अन्तरबारे आफुले दुवैसँग सोधेको तर खास उत्तर नभेटेको बताइन् । विवाह गर्दा साराकी आमा अमृता भन्दा सैफ उमेरमा १२ वर्ष कान्छा थिए ।उत्तर दिंदै गर्दा साराले यो पनि भनिन् कि यदि त्यसो नहुँदो हो त म पनि यो धर्तिमा हुन्थिन होला । साराकी आमा अमृता र सैफबिच सम्बन्धबिच्छेद भइसकेको छ र यतिबेला सैफ नायिका करीना कपुरसँग विवाह गरि घरजममा रमाइरहेका छन् ।
पछिल्लो समय साराकाे मनको कुरा प्रष्ट र बेफिक्रीसँग गर्ने कारण धेरै फ्यान फलोइङ बढेको छ । हालै उनी अभिनित फिल्म सिम्बाले बक्स अफिसमा धुम मच्चाउन सफल रह्याे।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।