काठमाडौं । बाल्यकाल धादिङमा बिताउनु भएकी सोविता सिंखडा एस.एल.सी पछि काठमाडौँ आउनु भएको थियो । काठमाडौँमा लामो समय काठमाडौँ बसे पनि उपन्यास लेखनको समयमा दलित समुदायमा गएर अनुसन्धान समेत जानु भएको थियो ।
प्रेम मनोविज्ञानसंग सम्बन्धित पुस्तकको लेखक सिंखडा आफु फिल्ममा व्यस्त हुँदा हुदै पनि साहित्यको विशेष रुची र उपन्यासको भोकले चलचित्रलाई चटक्क छाडेर उपन्यास लेखनमा लाग्नु भएको थियो । फिल्म खेल्दा खेल्दै पनि आफुले देखेको विषयवस्तुलाई कथाको रुपमा लेख्ने गर्नु भएकी उहाँमा बाल्यकाल देखि नै पुस्तक तथा साहित्यमा धेरै रुची रहेको थियो ।
लामो समयदेखि चलचित्र नगरीमा रहनुभएकी नायिका सोविता सिंखडा पछिल्लो समय आख्यान क्षेत्रमा लागि पर्नु भएको छ । दर्जन भन्दा बढी फिल्ममा फिल्माङन गरी सक्नु भएको उहाँले हालसालै मात्रै वाराङगना नामको साहित्य कृति सार्वजनिक गर्नु भएको छ । दलितपात्रको विषयमा लेखिएको आख्यानमा वाराङगना नामको खास अर्थ हो सुन्दर स्त्री हो । गाँउदेखि शहर सम्म संर्घष गरेकी केटीको विषयलाई उठान गरेको छ वाराङगनामा ।
सुन्दर दिनचर्या, सोच, क्रियाकलाप र आनीबानी सुन्दर हुनु पर्छ भन्ने मानसिकता राख्ने सिंखडाले वाराङगनामा पनि सोही विषयलाई उठाउनु भएको छ । महिला पात्र भन्ने वित्तिकै सुन्दर हुनुपर्छ भन्ने सोचको विकास भईरहेको समाजमा महिलाको बाहिरी आवरण मात्र ठूलो कुरा होईन उसको मन, उसले सोच्न सक्ने क्षमता समेत सुन्दर हुनु पर्छ भन्ने विषय उठान गरिएएको छ ।
धेरै फिल्ममा आफ्नो स्किन शेयर गरिसक्नु भएको उहाँको कृति वाराङगना बाहिरबाट झट्टहेर्दा कतै यसमा पनि ग्लामरस मिसिएको छ की भन्ने शंका उत्पन्न भएपनि त्यसलाई ग्लामरस भन्न नमिल्ने उहाँको धारणा रहेको छ । उपन्यासमा ३५ वर्ष पहिले कथाको पात्र जुनकिरीले अधिकार प्राप्तिको लागि गरेको संर्घष र ३५ वर्षको पछिको समयलाई जोड दिईएको छ ।
गाँउदेखि शहर सम्मको कथालाई बोकेको वाराङगना पढेपछि त्यसको कभरको स्पष्ट हुने उहाँको धारणा रहेको छ । न्यूज २४ को नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुरा गर्दै सिंखडाले भन्नुभयो ‘ओशोको साहित्यबाट प्रभावित छु र आफ्नो साहित्यिक यात्रालाई सन्तुष्टिको रुपमा लिने गरेकी छु । ’
सिंखडासंगको कुराकानी विस्तृतमा
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।