काठमाडौं । अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई नेपाली फिल्म इन्डस्ट्रीको स्टार कलाकार मानिंदै आएको छ ।यी दुइ अभिनित हरेक फिल्मले छुट्टै चर्चा कमाउने कारण दुवैको स्टारडम नेपाली फिल्म इन्डस्ट्रीमा एक अर्कामा नजानिंदो तवरले प्रतिस्पर्धीको रुपमा लडेको देखिन्छ । नायक अनमोल केसीमा यस्तो क्रेज छ कि उनलाई बालबालिकादेखि वृद्धसम्मले मन पराउँछन् ।त्यस्तै डेब्यु फिल्म ‘प्रेमगीत’बाट रातारात हिट बनेका नायक प्रदीप खड्काको पनि लोभलाग्दो क्रेज रहेको छ ।
दर्शकको सर्वाधिक रुचाइमा परेका यी दुबै नायक एक अर्कामा को नं १ भन्ने प्रतिस्पर्धा चल्दै आएको छ । बाहिरी रुपमा यी दुइले आफूहरुबिच कुनै खालको दुश्मनी नरहेको बताएपनि भित्री रुपमा भने यी दुइको स्टारडमको लडाई चल्दै आएको बुझिन्छ।
तर समिक्षकहरुको बुझाईलाई गलत सावित गर्दै प्रदीपले शनिबार दिउँसो अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै निकै मिठो शैलीमा प्रशंसा गरेका छन् । उनले ट्रेलर राम्रो लागेको बताएका छन् । उनले अनमोल र आफूलाई दाजुभाइ समेत भनेका छन् ।
केही घण्टामा नै ट्रेलरले पाएको अत्याधिक भ्यूजले नेपाली फिल्मलाई माया गर्ने दर्शकको अनुमान गर्न सकिने भन्दै उनले अगाडि लेखेका छन्, ‘नायक अनमोल केसी र म सिने कलाकारको रुपमा दुई मित्र त थियौं नै तर यो ट्रेलर हेरिसकेपछि अर्कोपक्ष, दाजुभाई पनि जोडिएछ । सिनेमामा अनमोल केसी उर्फ इशान खड्का, अनि म प्रदिप खड्का र सिनेमाका फुटबल प्रशिक्षक हरी खड्का ।’
उनले फागुन १७ गते एकसाथ रिलिज हुने ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ लाई सफलताको शुभकामना पनि दिएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।