काठमाडौँ । फिल्म ‘सारौते’को अफिसियल निर्माण घोषणा गरिएको छ । फिल्मलाई हरी हुमागाईले निर्देशन गर्ने भएका छन् । फिल्मको छायाँकन माघ २२ गतेबाट सुरु हुने निर्माता टोलीले बताए ।
फिल्मलाई स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोले संयुक्त रुपमा निर्माण गर्न लागेको जनाइएको छ। सह–निर्माताको रुपमा फिल्ममा श्री महर्जन रहेका छन् ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुँमागाईको छायांकन, राजकुमार उप्रेतीको एक्सन रहनेछ । संगीत राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ ।
फिल्ममा सुमी मोक्तान , सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहने छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।