काठमाडाै । कुनै जमाना यस्तो पनि थियो आफ्नो मन परेको कलाकारहरुको एक झलक पाउन पनि लामो लाइन लाग्नु पर्दथ्यो कि त उनीहरुको घर बाहिर आउने समय पारेर कुरेर बस्नु पर्दथ्यो ।
पहिले मानिसहरु कलाकारका निजी जिन्दगीबारे जानकारी पाउने माध्यमको खोजिमा हुन्थे तर समय सँगै अव अवस्था त्यस्तो रहेन अहिले कलाकारहरु आफ्नो निजी जिन्दगीका तस्बिरहरु आफैं अनेक बहानामा सामाजिक संजालमा शेयर गरिरहेका छन् ।
त्यसो त अहिले कलाकारहरु आफ्नो नितान्त ब्यक्तिगत जिवनका तस्बिरहरु पनि आफैं देखाउने गरेका छन् र युजरहरु पनि त्यसलाई लिएर ब्यंग्य गर्ने गरेका छन् चाहे त्यो तस्बिर विवाहको होस् या ड्रइङ रुमको नायक नायिकाहरु कहाँ के गर्दैछन् कहाँ छुट्टी मनाउँदै छन् उनीहरुले शेयर गर्ने तस्बिरले सबै पत्ता लाग्दछ ।
बेडरूममा फोटोग्राफर ?
पछिल्लो समय बलिउडका कलाकारहरु आफ्ना निजी जिवनका तस्बिरहरु सामाजिक संजालमा शेयर गरेर चर्चामा आइरहेका छन् ।प्रियंका र निकले केहि समय अघि विवाह गरे । प्रियंका चोपडा र निक जोनासका प्रायः तस्बिरहरु सोशल मिडियामा देख्न सकिन्छ ।हालै प्रियंकाले आफ्नो पति निकसँग बेडरुमको एक फोटो शेयर गरिन् जहाँ निकले एक हातमा सफ्ट ड्रिंक लिएका छन् भने उनको काँधमा प्रियंका निदाएकी छिन् ।
फोटोको क्याप्सनमा प्रियंकाले लेखेकी छिन् ‘होम’अर्थात घर ।जव यो तस्बिर आम मानिस समक्ष पुग्यो ट्वीटर प्रयोगकर्ताले उनीहरुमाथि ब्यंग्य गर्न थाले र प्रश्न गरे कि ‘तपाइंहरुको बेडरुममा को हो त्यो सिक्रेट फोटोग्राफर ?’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।