काठमाडौँ । चर्चीत बलिउड अभिनेता शाहरुख खानले आफ्नो डेब्यु फिल्म ‘दीवाना’ नहेरेको खुलासा गरेका छन् । हालै बक्स अफिसमा असफल भएको फिल्म जिरोले शाहरुखलाई केही धक्का लागेकाे थियाे ।
सिग्नेचर मास्टरक्लासको एक एपिसोडमा शाहरुखले भने “मैले आफ्नो डेब्यु सुपरहिट फिल्म हेरेको छैन्, किनकि मलाई फिल्म गर्ने बेला सन्तुष्ट महशुस भएको थिएन ।” उनले जस्तो सुकै ब्लकबुस्टर भएपनि सुटिंगका बेलामा इन्ज्वय नभएको मुभि नहेर्ने गरेको बताएका हुन् । मानिसहरुले जति मन पराए पनि आफुलाई त्यो प्रोसेस याद आउने उनको भनाइ छ ।
शाहरुखले एस्ट्रोनट राकेश शर्माको बायोपिकमा काम गर्ने हल्ला चलेपनि उनले काम नगर्ने भएका छन् । भारतिय सञचार माध्यममा उनी मधुर भण्डारकरका रेत माफिया पर आधारित फिल्ममा एक पुलिस इंस्पेक्टरको भुमिकामा काम गर्न सक्छन् । यद्यपी उनीसँग अन्य स्क्रिप्टसमेत रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।