एजेन्सी । नाइजेरीयाकी एक अभिनेत्रि नलीवउडकै पहिलाे अरबपति नायिका बनेकी छन् । एक्ट्रेस, प्रोड्यूसर एवं डाइयरेक्टर समेत बनिसकेकी जेनेवीव नन्जी ( Genevieve Nnaji ) त्यहाँको फिल्म इन्ड्रस्टीकै पहिलो अरबपति बनेकी हुन् ।
३९ वर्षीया नाजीको फिल्म अमेरिकी मिडीया सर्भिस कम्पनी नेटफ्लिक्सले किनेको छ । उनको बल्कबुस्टर फिल्म ‘लायन हर्ट’ लाई करिब ३८ लाख अमेरिकी डलरमा किनेको जुन रकम १.३८ अर्ब नायरा नाइजेरीयन रुपैयाँ हुन जान्छ । नेटफ्लिक्सले किनेपछि उनी एउटै फिल्म ले अरबपति बनेकी हुन् ।
उनको फिल्म टारोन्टो इन्टरनेसन फिल्म फेस्टिवलमा नेटफ्लिक्सको आँखामा परेको थियो । उनी २० वर्षदेखि फिल्ममा काम गर्दै आएकी थिइन् । लायन हर्ट उनको पहिलो फिल्महो जसलाई निर्देशन पनि उनी आफैले गरेकी थिइन् ।
१९९८ मा १९ वर्षको उमेरमा पहिलो फिल्म खेलेकी नन्जी ८ वर्षदेखि नै टिभी सिरियलमा एक्टिंग गर्दै आएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।