काठमाडौं । नेपाली कथानक फिल्म ‘बैनाबट्टा’को शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गरी सो फिल्मको संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले क्यामेरामा रेकर्ड बटम थिचेर फिल्मको शुभ मुर्हत भएको घोषणा गरेका हुन् ।
सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई युवा निर्देशक राज चाम्लीङ्गले निर्देशन गर्दैछन् । फागुनको पहिलो साताबाट छायांकन हुने यो फिल्म सुदुरपूर्वी जिल्लामा बसोबास गर्ने आदिबासी जनजातीहरुको पहिचान झल्काउने विषयबस्तुमा आधारित रहने निर्देशक चाम्लीङ्गले जानकारी दिएका छन् ।
विशेष गरी लाहुरेको कथाबस्तुमा चलचित्र बैनाबट्टा रहनेछ । प्रेम लावतीको निर्माण रहने यस फिल्ममा अघिकांश नयाँ कलाकारहरु रहनेछन्, जहाँ देवेन्द्र नेम्वाङ्ग, नायिका कविता राई, बाबु मोक्तान, रश्मीला तामाङ्ग, अर्जुन श्रेष्ठ, पूर्ण पोर्यटेल, नरेश वानेम, रिया सुब्बा, रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राईलगातको अभिनय रहनेछ ।
यो फिल्ममा बुद्धराज इङवा राज चाम्लीङ्ग, संतोष राईको संगीत रहनेछ । दिपक लिम्बु, मेलिना राई, संतोष राई, दिपा लामा राज लिम्बु , करुवा राई र दिप्सन लिम्बुले फिल्ममा समावेश गरिने गीतहरुलाई आवजबद्ध गरेका छन् ।
करीब ४० लाख रुपैयामा बन्न लागेको यो फिल्म ‘बैनाबट्टा’ले आदिबासी जनजातीको पहिचान गराउन विशेष भूमिका रहने निर्माण पक्षले जानकारी दिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।