काठमाडौं । सदाबहार अभिनेता तथा निर्माता भुवन केसीको आगामी फिल्म ‘क्याप्टेन यही फागुन १७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै छ । यो फिल्म फुटबल खेलसँग सम्बन्धित छ । अहिले यस फिल्मको निर्माण पक्ष प्रचार–प्रसारमा ब्यस्त छ । गत शुक्रबार मात्रै पनि निर्माण पक्षले यसै फिल्ममा समावेश ‘कर्ली कर्ली कपाल’ गीत रिलिज गरेको छ । जहाँ अभिनेता भुवन केसी, निरुता सिंह र अनमोल केसीको फिचरिङ रहेको छ ।
यसै ‘क्याप्टेन’ फिल्मसँग सम्बन्धित कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा निर्माता भुवन केसीलाई आफ्नो स्टुडियोमा निम्त्याएको छ । फिल्मको रिलिज मिति नजिकिएसँगै प्रचार–प्रसारमा आफूहरु व्यस्त भएको बताउँदै अभिनेता तथा निर्माता केसीले भने, ‘फिल्म फुटबलसँग जोडिएको छ । यो देशको लागि समर्पित एउटा खेलाडीको संघर्षहरुको कथा हो । जसले गोल्ड मेडल ल्याउने सपना बोकेको हुन्छ । यसका साथै फिल्ममा लभस्टोरी, कमेडी र फ्यालिमी ड्रामा तथा परिवारको एउढटा सेन्टिमेन्टस् बोकेको एउटा कथा हो ।’
यो फिल्म बनाउनु अगाडिनै फुटबलका कप्तान, पूर्व कप्तानहरुसँग भेटेर उनीहरुले गर्नुपरेको संघर्ष बुझेरै ‘क्याप्टेन’ निर्माण गरेको निर्माता केसी बताउँछन् । साथै फुटबल खेलेरै आफ्नो भविष्य खोजिरहेकाहरुलाई पनि ‘क्याप्टेन’ प्रेरणाको श्रोत बन्न सक्ने उनको भनाइ छ ।
नेपालमा फुटबल खेलेरै जीवन चलाउन गाह्रो परिरहेको समयमा अब सरकारले जीवन–यापन गर्न सक्ने बनाउनु पर्ने निर्माता केसीको तर्क छ । उनले भने, ‘जसरी एउटा खेलाडी र कलाकारले देशलाई चिनाउने काम गर्छ, त्यसरी नै उनीहरुलाई सरकारले प्रत्साहन गर्दै लैजानु पर्छ ।’
यो फिल्ममा अभिनेता अनमोल केसीलाई फुटबलको क्याप्टेनको भुमिका दिइएको छ । यो विषयमा निर्माता केसी भने, ‘वास्तविक जीवनमा अनमोल केसी एउटा कलाकार हो । यो भन्दा पहिलो अनमोलले एउटा चकलेटी कलाकारको रुपमा फिल्ममा काम गर्दै आएका थिए । तर यो फिल्ममा उनी एउटा फुटबलर बनेका छन् । त्यसैले उनले एउटा फुटबलर बन्नका लागि धेरै मेहेनत गरेका छन् । यो कुरा फिल्म रिलिजमा आएपछि दर्शकहरुले हेरेरनै मूल्याङ्कन गर्नुहनेछन् ।’
सबै प्रकारको दर्शकहरुलाई समेटेर यो फिल्म निर्माण गरिएको छ । फिल्ममा फुटबलको कथालाई उठान गरिएको छ, साथै अनमोलको विशेष फ्यानहरु पनि छन् । त्यस्तै नेपाली फिल्म उद्योगका पाका कलाकार निरुता सिंह र भुवन केसीको पनि अभिनय रहेको छ, भने नयाँ कलाकारहरुको सुनौलो अभिनयलाई पनि देख्न पाइनेछ ।
फिल्ममा अनमोल केसी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्शन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ, निरुता सिंह, भुवन केसी लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । यसै फिल्मबाट उपाशना सिंह ठकुरी र प्रियंका एमबीले पनि आ–आफ्नो फिल्मी करियर सुरु गरेका छन् ।
फिल्मलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् भने भुवन केसीले निर्माण गरेका हुन् । टिभी जर्नलिष्ट अञ्जुला बानियाँ र अभिनेता केसीबीचको कुराकानीको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।