काठमाडौं । ‘लुट्न सके लुट…’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा ।
देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट…’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् ।
सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् ।
खासमा यो प्रकरण के हो ?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो ? अव गीत परिमार्जन हुन्छ कि हुँदैन ? जस्ता प्रश्नको जवाफ शर्माले न्यूज–२४ टेलिभिजनमार्फत दिएका छन् । बाँकी भिडियोमा हेर्नुहोलाः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।