- तारा आर्चाय
विराटनगर, ११ फागुन । विराटनगरमा अन्तर विद्यालयस्तरीय जातिय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । विदेशी संस्कृति र भेषभुषाको अतिक्रमणबाट नेपाली लोकसंस्कृतिलाई जोगाउदै नेपालीहरु बीच एकता र भाइचारा कायम गर्ने उद्देश्यले विराटनगरमा प्रदेश नम्बर एक अन्तर विद्यालय स्तरीय जातिय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको हो ।
संस्कृति बचाऔं, राष्ट्रियता जोगाऔँ भन्ने नारा सहित वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको स्मृतिमा भानु कला केन्द्र विराटनगरले आयोजना गरेको सो लोक नृत्य प्रतियोगिता सुनसरी इटहरीको मकालु सेकेण्डरी स्कुल रोइला नृत्य प्रस्तुत गरेर प्रथम भएको छ । यसैगरी धुलाबारी झापाको होलिबेल सेकेण्डरी स्कुल सरङ्गे नृत्य प्रस्तुत गरेर द्वितिय भएको छ भने विराटनगरको मोडर्न एरा इंगलिस स्कुल झ्याउरे नृत्य प्रस्तुत गरेर तृतिय भएको छ ।
एक नम्बर प्रदेशका मोरङ, सुनसरी र झापाका १७ वटा विद्यालयहरुले सो प्रतियोगितामा भाग लिएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।