एजेन्सी । बलिउड नायिका सोनाक्षी सिन्हामाथि पैसा ठगीको आरोपमा मुद्दा दर्ता गरिएको छ । मुरादाबाद जनपदस्थित कटघर चौकीमा सोनाक्षीमाथि ठगीको उजुरी परेको हो ।
सोनाक्षी सिन्हाले दिल्लीमा आयोजित एक कार्यक्रममा भाग लिनको लागि ३७ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएको तर पछि कार्यक्रममा भाग नलिने बताएकी थिइन् । उनले कार्यक्रममा भाग नलिने भएपछि आयोजकसँग लिएको पैसा भने फिर्ता गरेकी थिइनन् ।सोनाक्षीमाथि मुद्दा दर्तामा ढिलाइ भएको भन्दै यस अघि आयोजक प्रमोद शर्माले आत्महत्याको समेत प्रयास गरेका थिए ।
मुरादाबाद जनपदमा बस्ने इभेन्ट म्यानेजर प्रमोद शर्माले २ महिना पहिले अभिनेत्री सोनाक्षी सिन्हासँग पैसा फिर्ता गर्न आग्रह गरे तव उनलाई ज्यान लिने धम्की दिइयो यो सहन नसकेर उनी प्रहरीमा उजुरीको लागि गए तर उजुरी लिइएन । उजुरी नलिइएपछि उनले आत्महत्याको प्रयास गरेका हुन् । इभेन्ट म्यानेजर प्रमोदका अनुसार एक कार्यक्रमका लागि ट्यालेन्ट फुल कम्पनीमार्फत सोनाक्षीलाई आमन्त्रण गरिएको थियो र सोनाक्षीले भाग लिन प्रतिबद्धता जनाएपछि ३७ लाख रुपैयाँ उनको खातामा पठाइएको थियो ।तर कार्यक्रम हुने २ घण्टा अघि सोनाक्षीले कार्यक्रममा भाग नलिने भन्दै जवाफ दिइन् र पैसा फिर्ता गरिनन् ।
सोनाक्षी अभिनेता शत्रुघन सिन्हाकी छोरी एबं बलिउडका स्टार कलाकारसँग स्क्रिन शेयर गरिसकेकी स्थापीत नायिका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।