काठमाडौं । डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्स पुनः रिङ्गमा फर्किएका छन् । ल्युकिमियाको इलाजपछि चर्चित रेस्लर रोमन ‘मोण्डे नाइट र’ बाट पुनः डब्लुडब्लुईको रिङ्गमा फर्किका हुन् । उनले २२ अक्टोवर २०१८ मा ल्युकिमियाको इलाजको लागि डब्लुडब्लुईको रिङ्ग छोडेका थिए ।
उनले ल्युकिमियाको उपचारकै लागि डब्लुडब्लुईको रिङ केही समयको लागि छाडेका बताएका थिए । रोमन रेन्सको उक्त फैसलाले वल्र्ड रेसलिङ इन्टरटेन्मेन्टमा सबैलाई दुखी बनाएको थियो । तर लुकिमियाको उपचार गराएर रोमन रिङ्गमा पुनः फर्किइसकेका छन् ।
यसरी रोमन अचानक रिङ्गमा फर्कदा लाखौं, कराडौंको संख्यामा रहेका उनका फ्यानहरुको खुसीको सीमा नै छैन । ‘मोण्डे नाइट र’बाट डब्लुडब्लुईको रिङ्गमा फर्कदै गर्दा रोमनलाई लाखौंले ताली र सिट्टी बजाई स्वागत गरेका छन् । लाखौं फ्यानहरुले आई लभ यु रोमन, आई मिस यु रोमान, रोमन रेन्स इज माई हिरो लगाएतका प्ले कार्डसहित रोमनको अगमनलाई स्वागत गरेका छन् ।
रिङ्गमा आइसकेपछि रोमनले सबै आफ्नो फ्यानहरुलाई सम्झिरहेको बताए । उनले भने, ‘लामो समयपछि म यसरी रिङ्गमा फर्कदै गर्दा फ्यानहरुले कस्तो रिएक्ट गर्छन् भन्ने डर थियो । तर तपाईहरुको साथ र सहयोगले निकै उर्जावान बनाएको छ । र एउटा कुरा– मैले तपाईहरुलाई धेरै सम्झिरहेको थिए ।’
रोमनले यस्तो अभिव्यक्ति दिइरहँदा लाखौं दर्शक तथा फ्यानहरुले उनलाई ताली र सिट्टीले हौसला दिए । सबै दर्शकहरुको मायाले गर्दानै आफू पुनः डब्लुडब्लुईको रिङ्ग फर्किएको बताउँदै उनले भने, ‘द बिग डग इज ब्याक ।’
यति भन्दै रोमन रिङ्गबाट बाहिर निस्किए र आफ्नो फ्यानहरुसँग हात मिलाए, अंकमाल गरे । त्यसपछि उनका साथी सेथ रोलिन्स पनि भेट्न आए र अंकमाल गरे, तर रोमनको अर्को साथी डिन एम्ब्रोस भने देखिएनन् ।
के हो ल्युकिमिया ?
ल्युकिमिया एक प्रकारको ब्लड क्यान्सर हो । यो ब्लड सेल्स बढ्ने रोग हो । ल्युकिमिया भएपछि ह्वाइट ब्लड सेल्सको डीएनएमा समस्या उत्पन्न हुन्छ । रोमन रेन्सका अनुसार ११ वर्षको उमेरमा उनी ल्युकिमिया रोगको शिकार बनेका थिए ।
उपचारपछि यो रोगबाट छुटकरा पाउँदै आएका रोमन रेन्सलाई पुनः यो रोगले च्यापेको थियो ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।