- सुरेश श्रेष्ठ,
तुलसीपुर, १६ फागुन । दाङको तुलसीपुरमा प्रथम जिल्ला स्तरिय वडी विल्डिङ च्याम्पियनशीप (मिस्टर दाङ) हुने भएको छ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ र फेन्स् फिट्नेस सेन्टर तुलसीपुरको संयुक्त आयोजनामा प्रतियोगिता यहीफागुन १८ गते शनिबार हुनेछ ।
स्वास्थ्य र शारीरिकक सौर्दयतासंग प्रत्यक्ष जोडिएको शारीरिक सुगठनको खेलको पहुँच अभिवृद्धिगर्ने र स्थानीय स्तरका नव प्रतिभाहरुलाई शारीरिक सुगठन खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापित फिट्नेस सेन्टरहरुबाट ३५ वडी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष खिम जिएमले जानकारी दिएका छन् ।
५५ केजी, ६०केजी, ६५केजी, ७०केजी, ७५केजी र ७५ प्लस गरी ६ वटा तौलबीच कडा प्रतिस्पर्धा हुने प्रतियोगितामा मिस्टर दाङ अर्थात अलओभर च्याम्पियन, बेस्ट पोजर, राईजिङ प्लेयर, प्रत्येक तौल समूहमा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने खेलाडीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
सो अवसरमा प्रतियोगिताको थप आर्कषणको रुपमा महिला शारीरिक सुगठनको डेमो प्रर्दशन तथा जुम्बा डान्स प्रर्दशन गरिनेछ । प्रतियोगिताको मुख्य निर्णयकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रमुख निर्णयक प्रतापकाजी बरिया, सहायक निर्णायकमा अनिल लाल श्रेष्ठ र शिवध्वज राई दाङ आउने कार्यक्रम रहेको छ ।
यसैबीच आयोजक दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष आशिष कुमार श्रेष्ठले यही फागुन १८ गते शनिबार विहान साढे ११ बजेदेखि प्रथम जिल्ला स्तरिय वडी विल्डिङ च्याम्पियनशीप (मिस्टर दाङ) सुरु हुने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।