काठमाडौँ । कुनै पनि कुरालाई भत्काउन भन्दा बनाउन केही समय लाग्छ । मेहनत लगायो भने हरेकमा सफलताको परिणाम ढिला चाँडो पाउन सकिन्छ । यस्तै सम्बन्धलाई जोगाउन पनि ठूलै महनत चाहिन्छ । सम्बन्ध हरेक प्रकारका हुन्छन् जसलाई टिकाउन धेरै कसरतको आवश्यकता हुन्छ ।
बैवाहिक सम्बन्ध पनि माया र विश्वासमा टिकेको हुन्छ । मायाले वैवाहिक जीवनलाई लामो समयसम्म अगाडि बढ्न सहयोग मिल्छ । यस्तै विश्वासले जीवनलाई अर्थपूर्ण बनाउछ । वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन पनि प्रत्येक दम्पतीलाई माया र विश्वासको खाँचो पर्छ ।
यदि एक सुखी जीवनसाथी हुन चाहेमा एकले अर्कालाई कसरी साथ दिने हो त्यो थाहा हुन जरुरी छ । त्यस्तै बलिउडका अभिनेता रणवीर सिंहले उनकी पत्नी अथवा अभिनेत्री दीपिका पादुकोणलाई खुसी राख्नका लागि हरेक उपाएहरु अपनाइरहेका छन् । र त्यस्ता उपाएहरुको खोजि गरिरहेका छन् ।
रणवीर आफ्नो पत्नी दीपिकालाई असाध्यै मायाँ गर्ने कुरा उनले मिडियामा भनेका र पत्नीलाई गरेका व्यवहारबाट पनि छर्लाङग हुन्छ । रणवीर भारतीय मिडियाको जती पनि शोहरुमा पुग्छन् उनले आफ्नो श्रीमतीलाई सम्झे कै हुन्छ । त्यस्तै हाल एक शोमा पुगेका रणवीरले अभिनेत्री करीना कपूरसंग एक प्रफेक्ट पति बन्नका लागि के गर्नु पर्छ भन्ने प्रश्ना गरेका छन् ।
करीना कपूरले रणवीरलाई उक्त प्रश्नको जवाफमा रणवीरले दीपिकालाई धेरै मायाँ गर्ने कुरा पूरा भारतलाई थाहा भएको बताइन् । एक राम्रो श्रीमानको गुण सबै रणवीरमा रहेकोले सल्लाहको अवश्यक्ता नरहेको करीना बताउँछिन् । जति मायाँ रणवीर र दीपिका एक अर्कालाई गर्छन त्यो काफि नै छ । करीनाका अनुसार श्रीमान र श्रीमतीले एक अर्कालाई थोरै समय दिए अरु सबै आफै ठिक हुँदै जानेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।