एजेन्सी । मलाइका आरोडा–अर्जुन कपूरको अफेयरको चर्चा लामो समयदेखि चल्दै आइरहेको छ । यो जोडीले अहिलेसम्म आफ्नो अफेयरको कुरालाई लिएर पब्लिकल्ली खुलासा गरेका छैनन् ।
तर यो जोडीको रोमान्टिक ट्युनिङ कयौं पटक देखिएको छ । अब यो जोडी चाँडै वैवाहिक बन्धनमा बाँधिन सक्नेछन् । डेक्कन क्रोनिकलका अनुसार आगामी अफ्रिलमा अर्जुन र मलाइकाले विहे गदैछन् । उनीहरुकरो विहे क्रिश्चियन पराम्परा अनुसार चर्चमा हुनेछ । सेरेमनीलाई प्राइभेट राखिएको छ ।
वेडिङ सेरेमनीमा उनीहरुको साथी र आफन्तजनहरु उपस्थित हुनेछन् । मलाइकाकी बहिनी अमृता आरोडाले पनि श्रीमान शकीलसँग क्रिश्चियन पराम्परा अनुसारनै विहे गरेकी थिइन् । मलाइकाले अर्जुनसागको आफ्नो सम्बन्धलाई जहिल्यै पनि गुपचुप राख्न चाहन्छन् ।
तर पहिलो पटक मलाइकाले करण जोहरको च्याट शो ‘कफी विद करण’ मा एक पश्नको उत्तर फर्काउँदै भनिन्, ‘मलाई अर्जुनको हरेक क्रियाकलाप मन पर्छ । दिस वे एण्ड द्याट वे ।’ अहिले अभिनेत्री मलाइको यसै कुरालाई लिएर निकै चर्चा सुरु भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।