काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको संयुक्त नाममा निर्मित आयंका फाउण्डेशनले धनुषामा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।आयंका फाउण्डेशनले आफ्नो पहिलो सेवाको थालनी स्वरुप धनुषा जिल्लाको तीन विद्यालयमा पन्चकन्या फाउन्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो ।
फाउन्डेसनको सहयोगमा निर्मित शौचालयहरु महिलामैत्री रहेको बताइएको छ ।
फाउन्डेसनले धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा पुगेर
महिलामैत्री शौचालय हस्तान्तरणकाे साथै बिभिन्न फल दिने बोटबिरुवा, २ थान डस्टबिन र सय थान ब्याग वितरण गरेको थियो ।त्यस्तै ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याडकिट पनि वितरण गरेको थियो ।
प्रेम सम्वन्धमा रहेका आयुष्मान प्रियंकाले केहि समय अघि इन्गेजमेन्ट गरेका थिए ।इन्गेमेन्ट गरेसँगै यी जोडीले दुवैको नामलाई मिलाएर आयंका फाउण्डेशन निर्माण गरी सामाजिक कार्यमा लाग्ने उद्घोष गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।