काठमाडाै । ‘नाई नभन्नु ल २’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी पछिल्लो समयकी व्यस्त नायिकामा पर्छिन् वर्षा सिवाकोटी । दर्शकमाझ उनको क्रेज पनि बढ्दो छ । उनलाई दर्शकले कयौँ म्युजिक भिडियोमा पनि देखिसकेका छन् ।
नायिका वर्षा सिवाकोटी अभिनीत सिनेमाहरू बक्स अफिसमा खासै सफल छैनन् । नाई न भन्नु ल २ बाट सिने नगरीमा डेव्यु गरेकी वर्षाले आधा दर्जन बढी सिनेमा काम गरिसकेकी छिन् । तर उनले अभिनय गरेका सिनेमाहरूले अपेक्षित रूपमा व्यापार गर्न सकेका छैनन् ।
उनी अभिनीत नयाँ सिनेमा ‘पुरानो बुलेट’ यही चैत्र १ गतेबाट प्रदर्शन हुदैँछ । जसको लागी वर्षा आशावादी देखिन्छन् । भन्छिन् ‘पुरानो बुलेटको कथा प्रति विश्वास छ । जसरी पूर्वको समाजलाई यो सिनेमामा देखाइएको छ, त्यहाँ प्रेम, द्धन्द्ध र पारिवारिक कथालाई समेटिएको छ।’ वर्षा पछिल्लो समय सिनेमा बजार अनुमानित नरहेको बताउँछिन्।
उनी भन्छिन् ‘नेपालमा मात्र नभई हलिउड र बलिउडमा समेत पछिल्लो समय कस्तो सिनेमा चल्छ भन्ने अनुमान गर्न सकिन्न । अहिले स्टारका सिनेमा भन्दाबढि राम्रा कथामा बनेका सिनेमाहरू सफल भएका छन् ।’ उनी थप्छिन् ‘सिनेमा चल्नुमा कलाकारको मात्र हात हुँदैन, त्यसमा एउटा पूर्ण टिमको मेहनत हुन्छ । सिनेमा बनिसकेपछि प्रचारप्रसार पनि बढी ध्यान दिनु पर्छ । जुन कुरामा हामी आफै चुकेका छौ ।’ सिनेमा नचलेर कलाकारलाई मात्र दोष दिनु गलत रहेको बताउँछिन् । पुरानो बुलेटलाई सञ्चारकर्मी भीषण राईले निर्देशन गरेका हुन् ।
यो सिनेमामा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायतका कालकारको अभिनय रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।