- देवराज पन्त
मकवानपुर, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको बुधबार पाँचौ दिनमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भईरहेको मेलामा आज बुधबार गायक सुगम पोखरेल र कमल क्षेत्रीको प्रस्तुति रहेको थियो ।
पोखरेलले भन्छौं आज, झिल्केले, सानीले, म यस्तो गीत गाउँछु गीतहरुबाट दर्शकलाई मनोरञ्जन दिएका थिए भने गायक क्षेत्रीले नाचन नाचन, हाम्रो देशैमा, कान्छी लगायका गीतहरु गाएका थिए । दर्शकको उल्लेख्य उपस्थिती रहेको कार्यक्रमा गायक संगै गीत गाउँदै दर्शक पनि झुमेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत साँगितिक प्रस्तुती रहेको थियो ।
भोलि फागुन २३ गते बिहीबार टंक बुढाथोकी, चेतन सापकोटा, अशोक दर्जी, एआर बुढाथोकी लगायतका कलाकारहरुको प्रस्तुति रहने छ भने दन्त विशेषज्ञबाट निशुल्क शिविर सञ्चालन हुने संघका प्रवक्ता काव्यमणी अधिकारीले जानकारी दिएका छन् ।
मेलामा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेला स्थलमा करीब ४ सय ५० स्टल रहेका छन् । मेला आगामी फागुन २८ गते सम्म सञ्चालन हुने छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।