काठमाडौं । नायिका जसिता गुरुङ ‘लिलिबिली’ फिल्मबाट नेपाली रजतपटमा उदाएकी नायिका हुन् जसिता गुरुङ । डेब्यू फिल्मबाटै सुन्दरता र अभिनयले सबैको मन जितेकी नायिका जसिताले दुईवटा फिल्ममा काम गरिन् । उनले अभिनय गरेको दुई वटै फिल्ममा नायक प्रदीप खड्का उनको अपोजिटमा रहेका छन् ।
नेपाली फिल्म बजारमा सोही कारण पनि जसितालाई प्रदीपकी हिरोइन् भन्ने आरोप लाग्ने गरेको छ ।यस्तैमा यी दुइको अपकमिङ फिल्म ‘लभ स्टेसन’को ट्रेलर रिलिज समारोहमा जसिताले आफुलाई नायक अनमोल केसी,सौगात मल्ल लगायतसँग पनि अभिनय गर्ने धोको रहेको बताइन् ।
कार्यक्रम उद्घोषकले प्रदीप बाहेक अरुसँग फिल्म गर्ने मन छ कि छैन ? भनेर गरिएको प्रश्नमा उनले भविष्यमा अन्य अभिनेताहरुसँग पनि काम गर्ने इच्छा रहेको सुनाइन् । लिस्ट लामो छ भन्दै उनले भनिन्, सौगात मल्लदेखि अनमोल केसीसम्म सबैसँग काम गर्न मन छ ।पुनः प्रदीपसँग काम गर्ने इच्छाबारे उद्घोषकले प्रश्न गर्दा उनी मौन रहेकी थिईन् ।
जसिताकाे पहिलो फिल्म ‘लिलिबिली’मा अभिनेता प्रदीप खड्कासँग उनको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । फिल्म रिलिजपछि प्रदीप र जसिताको अफेयरको चर्चा पनि चलेको थियो। तर, दुबैले यसबारे स्पष्टिकरण दिँदै आफूहरु साथीमात्र रहेको बताउँदै आएका छन् ।यसैकारण पनि जसिता यो आरोपबाट मुक्त हुन अन्य नायकसँग काम गर्न चाहन्छिन् सायद ।
जसिताले थप प्रष्ट्याउँदै निर्माता गोविन्द शाहीसँग दुईवटा फिल्ममा प्रदीपसँग काम गर्ने सहमति भएकाले आफूले सो सहमतिअनुसार यो फिल्ममा प्रदीपको नायिकाको भूमिका निर्वाह गरेको प्रस्ट पारिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।