एजेन्सी । पछिल्लो समय महिलाले पनि पुरुष सराह काम गर्दै आएको छ । महिलाहरु पनि आफ्नो स्थान बनाउन हरेक क्षेत्रमा लागिपरेको छ । सिने जगतमा पनि पुरुष सरह फिल्म निर्देशन गर्न पछि हटेका छैनन् । यस्तै बलिउडको सिने जगतमा महिलाहरुले पनि पुरुषले जस्तै धेरै किसीमको फिल्म बनाउन सफल भएको छ ।
बलिउडको सिल्वर स्क्रीनमा धेरै किसीमको फिल्म देख्न सकिन्छ । एकसन , कमेडी , रोमान्टिक, थ्रिलर । यी फिल्म भन्दा फरक जनराको फिल्म हुन्छ जुन सीरियस सिनेमा । बलिउड प्रेमीले यसलाई डार्क र आर्ट फिल्मस पनि भन्ने गरिन्छ । कोहीलाई लाग्न सक्छ डार्क फिल्मस, सीरियस सिनेमा यो सबै काम पुरुषको कामा हो । तर यस्तो काम गर्न अथवा फिल्म बनाउन महिला पनि एकदमै अव्वल छ ।
महिलाले पनि पुरुषले जस्तै काम गर्न सकिन्छ । यस्तै पुरुषसरह काम गरेका बलिउडका १२ महिला निदेर्शकहरुले सीरियस सिनेमा निर्देशन गरेका छन् । उनीहरको तारिफ क्रिटिक्सले पनि गरेको पाइन्छ ।
जोया अख्तर
हालसालै रिलिज भएको रणवीर सिंह र अलिया भट्टका फिल्म ‘गली बोय ‘ले बक्स अफिसमा रेकर्ड तोडेको छ । यसको श्रेय फिल्मको कहानी एक दमै राम्रो तरिकाले पेश गरेकी महिला निर्देशक जोया अख्तरलाई जान्छ । जोयाका फिल्मग्रफीलाई हेर्ने हो भने सन २०१८ मा वेव शो ‘लस्ट स्टोरीज’ , २०१५ ‘दिल धडकने दो’ फिल्मको निर्देशनबाट कयौ अवार्ड जीत्न सफल भएको थियाे । फिल्म ‘जिन्दगी न मिलेगी दोबारा ” पनि सामेल छ ।
अलंकृता श्रीवास्तव
सन २०१७ सालको फिल्म ‘लिपस्टिक अंडर माया बुरखा’ ले राष्ट्रिय र अन्तराष्ट्रिय फिल्म फेस्टिवल अवार्डमा नाम लेखिएको थियो । तर यसको बोल्ड कन्टेन्टले गर्दा सजिलै रिलिज हुन दिएन । फिल्म अलंकृत श्रस्पाूतपले निर्देशन गरेकी थिइन् । उक्त फिल्म रिलिज हुन गाह्रो भएको थियो । विवादपश्चात फिल्म रिलिज भयो । फिल्मलाई दर्शकले एकदमै राम्रो भनेका थिए । वाहवाही पाएको थियो ।
कोंकणा सेन शर्मा
अभिनयपछि फिल्म निर्देशनमा कोंकणा सेन शर्माले निदेर्शनको पहिलो कदम ‘अ डेथ इन द गंज’ मा राखेकी थिइन् । यो फिल्म एक ड्रामा फिल्म थियो । यसले फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो । सत्य घटनामा आधारित उक्त फिल्म बलिउडमा यो भन्दा अगाडि नबनेको भारतीय सञ्चार माध्यमले जनाएको छ । कोंकणलाई यस्तो फिल्म बनाएकोमा क्रिटिक्सले खुब सहारा दिएको थियो ।
गुरिंदर चड्ढा
गरिंदर चड्ढा पनि अरु महिला नेर्देशक जस्तै राम्रो फिल्म बनाउने लिस्टमा पर्न सफल भएकी छन् । उनले ऐश्वर्यसंग ‘ब्राइड एंड प्रेज्यूडिस’ बनाएकी थिइन् । सन २०१७ सालमा एक पटक फेरि गुरिंदरले हिस्टोरिकल ड्रामा फिल्म ‘Viceroy’s House’ बाट सबैलाई इम्प्रेस गरिन् । यस फिल्मल इन्टरनेशनल फिल्म फस्टिवलमा पेश गरेको थियो । यसको निकै तारिफ भएको थियो ।
किरण राव
आमिर खानकी पत्नी किरण रावले पनि सन २०११ मा ‘धोबी घाट’ निर्देशन गरेकी थिइन् । जसलाई टोरंटो फिल्म फेस्टिवलमा रिलिज गरेको थियो । यो फिल्मको आर्ट र पैरेलल सिनेमाको टैग मिलेको थियो । भने क्रिटिक्सले एकदमै मन पराएको थियो ।
लीना यादव
ऐश्वर्या र संजय दत्तको साथै थ्रिलर फिल्म शब्द को पछि लीनाले सन २०१६ मा फिल्म ‘Parched’ बनाइन् । एक सानो गाउँका तीन महिलाका कहानी समाबेस गरेको थियो । राधिका आप्टे, सुरवीन चावला, तनिषा चैटर्जीका अभिनयलाई सबैको सहारा थियो । यो फिल्मलाई पनि क्रिटिक्सबाट सराहना मिलेको थियो ।
गौरी शिंदे
गौरी शिंदे ‘इंग्लिश विन्ग्लिश’ पछि फिल्म ‘डिअर जिन्दगी ‘बाट लाखौ व्यक्तिहरुको मन जित्न सफल भइन् । श्री देवीको अभिनय र गौरीले गरेको निर्देशनले यो फिल्मको कहानीलाई एकदम राम्ररो तरिकाले पेश गरेको थियो ।
शोनाली बोस
शोनाली बोसका फिल्महरु ‘अमु’ र ‘मार्गरिटा विथ अ स्ट्र’ फिल्म फेस्टिवलको शान रहेको थियो । कोंकणा सेन शर्मा स्टारर अमु १९८४ मा भएको एंटी सिख दंगो मा आधारित थियो । यसको अलवा शोनालीले ‘मार्गरिटा विथ अ स्ट्राँ’ बाट पनि राम्रो नतिजा निकालेकी थिइन् ।
शोनाली प्रियंका चोपडा , फरहान अख्यतर र जायरा वसीमा स्टारर फिल्म ‘द स्काय इज पिंक’ को निर्देशन गरिरहेकी छन् । जसको शुटिंग पनि सुरु भएको छ । र उनकी पछिल्लो फिल्म हेरेपछि यस फिल्ममा पनि आम जनमानस र क्रिटिक्सले एकदमै आशा गरेको छ ।
मेघना गुलजार
मेघना गुलजार गुलजारकी छोरी उनी पनि फिल्मको राम्रो हिस्सा हुन् । सन २००८ मा नाँएडा मा भएको डबल मर्डर केसमा आधारित ‘तलवार’ फिल्मको बेस्ट अडेप्टेड स्क्रीनप्ले र बेस्ट आडियोग्राफीको नेशनल अवार्ड पनि पाएको थियो। यसपछि मेघनाले आलिया भट्ट स्टारर फिल्म ‘राजी’ बाट बक्स अफिसमा राज गरेको थियो । र अब मेघना दीपिका पादुकोणसंग ‘एसिड अटैक’ सर्वाइवर लक्ष्मी अग्रवालको बायोपिक छपाकमा काम गरिरहेको छ ।
अनुषा रिजवी
कमेडी फिल्म ‘पीपली लाइव’ मा अनुषा रिजवीले राम्रो तरिकाले पेश गरेकी थिइन् । कम व्यक्तिहरुलाई मात्र थाहा छ अनुष पनि यस फिल्मको राइटर पनि हुन् । ‘पीपली लाइव’ लाई बेस्ट फिल्मको फिल्मफेयर अवार्ड पनि पाएको थियो ।
रीमा कागती
आमिर खान र करीना कपूर खानका फिल्म ‘तलाश’ सायकोलोजिकल हरर थ्रिलरको जेनरामा बनेको यो फिल्मलाई रीमा कागतीले निर्देशन गरेकी हुन् । त्यसपछि रीमाले अक्षय कुमारसंग फिल्म ‘गोल्ड’ बनाइन् । जुन एक हिस्टोरिकल स्पोर्ट्स ड्रामा फिल्म थियो । रीमाले केहि समय अगाडि रिलिज भएके फिल्म ग’ली बोय’ को पनि स्क्रीप्ट लेखेकी थिइन् ।
दीपा मेहता
दीपा मेहताले १९९६ शबाना आजमी र नंदिता दास स्टारर फिल्म ‘फायर’ ले निकै विवाद मचाएको थियो । त्यो समयमा बोल्ड कंटेंट को विद्रोह गर्नेको कमि थिएन । दीपा मेहताको राम्रो निर्देशन उनको फिल्म वाटर मा वाराणसी एक आश्रमको विधुवाको कहानी थियो । यो फिल्मलाई क्रिटिक्सबाट वाह वाही पाएको थियो ।
नंदिता दास
नंदिताले पनि फिल्म निर्देशनको दुनियामा खुव नाम कमाएकी छन् । फिराक जस्ता पोलिटिकल थ्रिलरपछि नंदिताले दुनियाको सबै भन्दा चर्चित लेखक ‘मंटोको कहानी’ पनि सबैको सामुन्ने पेश गरेकी थिइ्न । यसबाट उनले धेरै तारिफ बटुलिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।